श्री बालकन्या माध्यमिक बिधालय कोटबाराको टाट्केको प्राङ्गनमा भएको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बागचौर नगरपालिकाका प्रमुख श्री लोकमान बुढाथोकीले बागचौर नगरपालिकाले खेल क्षेत्रलाई विशेष किसिमले प्राथमिकता दिदै आएको बताउँनु भयो ।खेल क्षेत्र राष्ट्रको सम्पत्ति र खेलाडीहरु देशको गहना भएकोले यसलाई अझै बृहत रुपले लैजाने बताउँनु भयो ।खेलकुदको तिब्र बिकासका लागी नगरपालिकाले यसै बर्षमा चार चरणका खेलकुद हरुको आयोजना गरिएको बताउनु भयो ।वडा स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता,देखी मेयरकप खेलकुद प्रतियोगिता हुँदै बागचौर नगर स्तरीय राष्ट्रपति शिल्ड प्रतियोगिता समेतको आयोजना गरिएको बताउनु भयो ।नगर प्रमुख बुढाथोकीले समृद्ध नगर निर्माण गर्नको लागी गाउँ,टोल हुदै नगर स्तरीय योजना छनौटको महत्त्वपूर्ण भुमिका हुने भएकाले त्यस तर्फ ध्यान दिन सबैलाई अनुरोध गर्नु भयो ।
उद्घाटन कार्यक्रममा बोल्दै बुढाथोकीले बागचौर नगरपालिकाका खेलाडीहरुले नगर जिल्ला,प्रदेश हुदै राष्ट्रिय स्तर सम्म नाम कमाउन सफल भएकाले अझै यो क्षेत्रलाई ब्यवस्थित गराउन आफुहरु लागी पर्ने बताउँनु भयो ।
कार्यक्रमका बिशिस्ट अतिथि,बागचौर नगरपालिका उपप्रमुख कल्पना पुनले नगरको बिकास संग आफुहरुले खेल क्षेत्रलाई पनि जोडेको बताउँनु भयो ।उहाँले स्थानीय सरकार आइसकेपछी खेल क्षेत्रलाई ब्यवस्थित बनाउन सबै लागी परेको बताउँनु भयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथी तथा बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले बागचौर नगरपालिकाको खेल क्षेत्रलाई अन्तराष्ट्रीय स्तर सम्म पुर्याउनु पर्छ भन्दै आफुहरुले त्यस्ता किसिमका कार्यक्रमहरुलाई अगाडि सार्ने बताउनु भयो ।
सोहि कार्यक्रममा नेकपाका कर्णाली प्रदेश सदस्य कृतिबहादुर पुन (प्रकाण्ड)ले खेलकुदले,बौद्धिक बिकास संगै शारीरिक बिकास र स्वस्थ रहन टेवा पुर्याउने भएको बताउँनु भयो ।पुनले संघिय लोकतान्त्रिक गणतन्त्रले खेलकुद बिकास क्षेत्रमा महत्त्वपूर्ण भुमिका खेलेको बताउँनु भयो ।
बागचौर नगरपालिकाका शिक्षा,युवा खेलकुद शाखाका प्रमुख टेक बहादुर डिसिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा,नेपाली काङ्ग्रेस सल्यान क्षेत्र नं.१ का सभापति गोरख केसि,बागचौर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष शेरबहादुर घर्तीलगाएतकाले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बालकन्या माध्यमिक बिधालय कोटवारा टाटकेको प्राङ्गण मा ३ दिन सम्म संचालन हुने कार्यक्रमा नगर भित्रका १० वटा बिधालयका खेलाडीहरुको उपस्थिति रहेको छ भने महिला पुरुष भलिबल, कपर्दी तथा अन्य एथ्लेटिक्स अन्तरगतका विभिन्न खेलहरु सहित जम्मा ढेड दर्जन कार्यक्रम संचालन गरिने भएको छ ।
कार्यक्रमको अध्यक्षता खेलकुद आयोजक टिमका अध्यक्ष सोभाराम भण्डारीले गर्नु भएको थियो भने । कार्यक्रमको संचालन बागचौर नगर शिक्षा शाखाका कर्मचारी बिरेन्द्र प्रकाश डिसिले गर्नु भएको थियो ।