बनगाड कुपिण्डे नगरपालिकाको प्रथम मेयर कप भलिबल खेल सम्पन्न

इन्द्र बुढाथोकी /

सल्लीबजार २३ जेष्ठ

पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले प्रथम मेयर कप भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । २१ देखि २३ गते ३ दिन सम्म सन्चालन भएको भलिबल खेल सम्पन्न भएको छ । २१ गते मंगलबार स्थानीय बाजागाजा, झाकि, मयुर नाच, बनगाडी नाच, लडे नाच, सहित भव्य रूपमा उद्घाटन गरिएको प्रथम मेयर कप भलिबल प्रतियोगितामा नगरपालिकाको १२ वटै वडाका पुरुष र महिला भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । १२ वटा पुरुष टिम र ९ वडा महिला टिम सहभागी रहेको खेलमा पुरुष भलिबल खेल तर्फ ११ न वडा प्रथमभएको छ । दोश्रो ५ न वडा र तेस्रो १ न वडा भएका छन भने महिला भलिबल खेल तर्फ १ न वडा प्रथम, ११ न वडा दोश्रो र ५ न वडा तेस्रो भएका छन भने क्रमश प्रथम, दोश्रो, तेस्रो हुने पुरुष महिलालाई सम्मान रुपमा मेडल, ट्रफि कप प्रमाणपत्र सहित नगद ५० हजार, ३० हजार, २० हजार पुरस्कार वितरण गरिएको छ । भलिबल खेलमा अनुशासित, उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै महिला तर्फ यसुदा शाही र पुरुष तर्फ उमेश बिकलाइ नगद ५/५ हजार सहित मेडल प्रमाणपत्र सहित सम्मान गरिएको छ । ३ दिन सम्म सन्चालन भएको मेयर कप भलिबल प्रतियोगिता कार्यक्रममा नगरपालिकाका १२ वटै वडाबाट उल्लेखनीय जनसहभागिता रहेको थियो । समापन कार्यक्रममा बोन्दै प्रमुख अतिथी तथा नगर प्रमुख गोविन्द कुमार पुनले सम्पुर्ण भलिबल खेलाडीहरुलाइ बधाई तथा शुभकामना दिनु हुँदै सुखी नेपाली समृद्ध नेपाल निर्माणमा जुट्ना सबै खेलाडी तथा नगर बासिमा अनुरोध गर्नु भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला अध्यक्ष समेत रहेका पुनले नगरपालिकामा अब देखि विकासले तीब्र रूपमा अगाडि बढेको र खेल क्षेत्रमा पहिलो वर्ष केही समस्या भए पनि यो वर्ष भलिबलको आयोजना गरे पनि अब देखि भलिबल लगाएत अन्य क्रीकेट, फुटबल खेलहरुको पनि आयोजना गरिने बताउनु भएको छ। अब खेल क्षेत्रबाट नगरपालिका हुँदै जिल्ला प्रदेश र रास्ट्रको समेत नाम राखेर आफ्नोखेल क्षेत्रमा अनुशासन तरिकाले नाम राख्न समेत अनुरोध गर्नु भएको छ । अब खेल क्षेत्र मात्र नभएर अन्य नगरपालिका विकासमा लाग्ने र सम्पुर्ण खेलाडीहरुलाइ खेल क्षेत्रमा अनुशासित तरिकाले आफ्नो प्रतिभा देखाउन आग्रह गर्नु भएको छ । नगरपालिकामा कर्मचारी सगै भौतिक संरचना अभाव कारण केही विकास निर्माण देखि खेल क्षेत्रमा कठिनाइ आएको बताउनु भएको छ । आफू नगर प्रमुख मात्र नभएर नेकपा पार्टीको जिल्ला अध्यक्ष भएको कारण आफ्नो नगरपालिका नमुना नगरपालिका बनाएर जनताको भावना सम्बोधन गरेर देखाउने र त्यसमा सबै जनप्रतिनिधिहरुलाइ सहयोग गर्ने समेत आग्रह गर्नु भएको छ । खेल क्षेत्रबाट नगरपालिका चिनाउनको निम्ति अब तत्कालै एउटा नगरपालिका भित्रैको खेल प्रशिक्षक नियुक्ति गर्ने सम्मेत बताउनु भएको छ । नगरपालिका सङ्ग केही सुझाव भए सामाजिक सनजाल भन्दा प्रत्येक्ष नगरपालिकामा आएर सुझाव दिन पनि आग्रह गर्नु भएको छ । आफू लगाएत आफ्नो नगरपालिकाको बिजेत गर्ने केही भ्रमित समाचार आएको र सामाजिक सन्जालमा आएको कुरा सत्य नभएको र त्यसका पछि कोहि नलाग्न समेत आग्रह गरेका छन । कार्यक्रम समापन गर्दै कार्यक्रम सभा अध्यक्ष तथा नगर उप प्रमुख मन्जु यरिले खेलाडी पुरुष महिला सबैलाई बधाई तथा शुभकामना दिनु हुँदै अन्यत्र गएर पनि अनुशासित तरिकाले खेल प्रदर्शन गरेर अझै नगरपालिकाको सिर नाम उच्च राख्ने समेत आग्रह गर्नु भएको छ । अब नगरपालिका बिगतमा जस्ता सुकै अवस्था आए पनि अब देखि नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधि मिलेर विकास गर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस