सल्यान रुकुम यातायात ब्यवसायी समितिका सम्पूर्ण कर्माचारी अबकास हुँदै ।

जेठ १८ सल्यान

सल्यान रुकुम यातायात ब्यवसायी समिति सल्यानका सयौ कर्मचारीहरुको जेष्ठ १९ गते देखी अवकाश हुने भएका छन् । सरकारको निति अनुसार समितिलाई प्रा.लिमा रुपान्तरण गर्ने प्रावधान अनुसार समितिका सम्पूर्ण कर्मचारीहरुलाई सेवा सुबिधा बाट अबकाश दिने तयारीमा रहेको सल्यान,रुकुम यातायात ब्यवसायी समितिले बताएको छ । जेष्ठ १८ गते बसेको समितिको बैठकको निर्णय अनुसार,सल्यान रुकुम यातायात ब्यवसायी समिती जेष्ठ १९ गते बाट,प्रा.लिमा जाने र प्रा.लिमा गैसके पछि आर्थिक भार थप्पिने भएको कारण,समितिको नियुक्ति पाई हाल सम्म,तलब खाएर काम गर्दै आएका कर्मचारीहरुलाई सेवा सुबिधा बाट अबकास गरिने सल्यान रुकुम यातायात ब्यवसायी समितिका अध्यक्ष अरबिन्द कुमार राईले बताउँनु भयो ।

उहाँले समितिलाई प्रा.लिमा रुपान्तरण गरेर,आफ्न काम कार्यहरू सुरु बाट गर्नु पर्ने भएकाले, आर्थिक श्रोत नहुने भएकाले तत्काललाई कर्मचारीको अवकाश गर्नु पर्ने बाध्यता रहेको, बताउँनु भयो । हाल सम्म संस्थाको निति नियम अनुसार,मर्यादित ढंगले काम गर्द्वै,आएका दर्जनौं,कर्मचारीहरुलाई जेठ मशान्त सम्मको सेवा सुबिधा समितिले प्रदान गर्ने र जेष्ठ १९ गते देखी लागु हुने गरि,सबैलाई अवकास गरिने समितिका बरिस्ठ उपाध्यक्ष डम्बरबहादुर कंवरले बताउनु भयो ।उहाँले भोली देखीनै आफ्न समितिको प्रधान कार्यालय, बुकिङ्ग काउन्टर र गाडीहरुमा नाम परिवर्तन गर्ने समेत बताउनु भयो । सल्यान रुकुम यातायात ब्यवसायी समितिलाई जेष्ठ १९ गते देखी सल्यान रुकुम यातायात प्रा.लिमा रुपान्तरण गरिने र उक्त संस्था बाट गाडी संचालन गरिने भएकाले,कर्मचारी नियुक्ति प्रक्रिया,अन्य कामकार्य बारे सरकारको निति बिधी अनुसार आफुहरु अगाडि बढ्ने समितिका महासचिव लालबहादुर बुढाथोकीले बताउँनु भयो । जेष्ठ १९ गते देखी संचालनमा आउने सल्यान रुकुम यातायात प्रा.लिको कर्मचारी नियुक्त गर्ने विषयमा अर्को निर्णय नहुन्जेल सम्म गाडीको टिकट काटे बापत पाँच प्रतिशत अ.ख राख्ने ब्यवस्थामा इच्छुक हुने समितिका पुराना कर्मचारीहरुलाई काम गर्ने ब्यवस्था समेत आफुहरुले गरेको बताउँनु भयो । समितिलाई प्रा.लिमा रुपान्तरण गरि सके पछि आफुहरुले नयाँ ढंग बाट यात्रुमुखी सेवा दिने योजना बनाएको सल्यान रुकुम यातायात ब्यवसायी समितिका उपाध्यक्ष रामबहादुर खडका,सचीव तोकलाल शर्मा,सहसचिव राजेन्द्र कुमार थापा,कोषाध्यक्ष रन्जित कुमार राई,सह कोषाध्यक्ष प्रदीपकुमार पाण्डे लगाएत अन्य कार्यसमिति सदस्यहरुले बताउँनु थियो । २०६६ साल जेष्ठ ६ गते देखी, लोकमान बुढाथोकीको अध्यक्षतामा सल्यान,रुकुम जिल्ला बाट एकै साथ सेवा सुचारु गरेको सल्यान रुकुम यातायात ब्यवसायी समितिले जनताको माग र चाहाना अनुसार बिभिन्न जिल्लाहरुमा जिप,मिनिबस,सुपर डिलक्स हुँदै स्तरीय डिलक्स सेवा दिदै आइरहेको समितिका कार्यालय प्रमुख तिर्थराज धितालले बताउँनु भयो ।

यस्तै समितिका संस्थापक पुर्व,अध्यक्ष लोकमान बुढाथोकीले समितिलाई एक दशक सम्म साथ सहयोग गरेर यहाँ सम्म ल्याउन मद्दत गर्ने सबैलाई धन्यवाद दिनु भएको छ । केहि महिना पहिले मात्र समितिको अध्यक्ष पदबाट राजिनामा दिनु भएका बुढाथोकीले,यातायात ब्यवसायि क्षेत्रलाई,हिजो देखी अहिले सम्म पनि हेर्ने दृष्टिकोण फरक रहेकाले आफुलाई बेलाबेलामा दुख लाग्ने गरेको बताउँनु भयो ।घर बारी,धितोमा राखेर लाखौको लगानीमा ब्यवसायी गर्ने एक ब्यवसायीलाई कमजोर दृस्ठिले,गाडिवालाको पहिचान दिन खोज्ने मान्छेको जमात तिब्र रहेको भन्दै यसलाई सुधार्न सबैमा अनुरोध गर्नु भयो ।यातायात क्षेत्रबाटनै आफ्नो फरक, पहिचान गराउन सफल बुढाथोकी हाल सल्यान बागचौर नगरपालिकाको नगर प्रमुख हुनुहुन्छ ।उहाँले यातायात ब्यवसायलाई मर्यादित पेशाको रुपमा स्थापित गर्न,ब्यवसायी र जनताको उत्तिकै भुमिका रहने भएकाले यस तर्फ सचेत रहन सबैलाई अनुरोध गर्नु भयो ।सल्यान रुकुम यातायात ब्यवसायी समिति सरकारको नितिबिधी अनुसार प्रा.लिमा जाने भएपछि आफुमा खुसी छाएको बताउदै सल्यान रुकुम यातायात प्रा.लि लाई सफलताको शुभकामना दिनु भएको थियो । सल्यान रुकुम यातायात ब्यवसायी समितिका प्रेस सल्लाहकार दिपसागर भण्डारीले,सल्यान रुकुम यातायात ब्यवसायी समिति एक दशक सम्म सम्पूर्ण ब्यवसायीहरुको साझा संस्था बनेको बताउनु भयो ।उहाँले आफ्नो कार्यकालमा समितिले यात्रुको सुबिधा सहित अन्य, राम्रा दर्जनौ सामाजिक कामहरू समेत गरेको बताउनु भयो ।आफु समितिको प्रेससल्लाहकार हुँदा साथ सहयोग गर्नुहुने सम्पुर्ण,कार्यसमिति,ब्यवसायी,कर्माचारि,मजदुर,अन्य समिती,प्रा.लि,राजनीतिदल,पत्रकार लगाएत सम्पुर्ण जनसमुदायलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस