१५ जेठ सल्यान
गणतन्त्र दिवसको अवसर पारी ठकुरी सहयोग संजाल सल्यानले एक कार्यक्रमका विच सल्यानको दमाचौरमा रहेको भानुभक्त मावि मा पढ्ने १० जना गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।विद्यालयलाई ५ हजार मुल्यको अग्नी नियन्त्रक मेसिन, विद्यार्थीलाई झोला, कापी, कलम हस्तान्तरण गरिएको संजालका जिल्ला अध्यक्ष अभिषेक हमालले बताएका छन ।
कार्यक्रम संजालका कर्णली प्रदेश संयोजक प्रकाश बाबुको प्मुख आतिथ्यतामा संचालन भएको थियो । कार्यक्रम छत्रेश्वरी गाउँपालिका वडा नं. का अध्यक्ष नेव बहादुर शाह, सांलका सल्लाहकार सचेत शाह,सन्तोष शाह सविन हमालको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्दले बताएका जातीय संगठन बनाई कुनै जातीय विभिेद गर्न नखोजी निश्वार्थ सहयोगको भावनाका साथ अगाडी बढेको बताएका छन ।
कार्यक्रममा संजालका सल्लाहकार तथा प्रमुख अतिथिलाई कदरपत्र तथा मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएको थियो ।