सल्यानमा १२ औं गणतन्त्र दिवसको अवसरमा बजार सरसफाइ

इन्द्र बुढाथोकी
जेष्ठ १५ सल्यान ।
१२ औं गणतन्त्र दिवसको अवसरमा बजार सरसफाइ अभियान सन्चालन गरिएको छ । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका आयोजनामा बनगाड कुपिण्डे नगरपालिका मुख्य व्यापारी केन्द्र वडा न १ को सल्लीबजार देवस्थलमा सरसफाइ गरिएको छ । घर आगन सफा गरौ नगर लाई स्वच्छ बनौं भने मुल उद्देश्यका साथ नगरपालिकाको आयोजनामा नगर प्रमुख गोविन्द कुमार पुन, उपप्रमुख मन्जु यरि , वडा अध्यक्ष, बनगाड कुपिण्डे नगरपालिका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, पत्रकार, व्यापारी, बुद्धिजीवी, समाजसेवी लगाएतको सरसफाइ कार्यक्रम उपस्तिथि रहेको थियो । सरसफाइ कार्यक्रम नगरप्रमुख गोविन्द कुमार पुनले सम्पुर्ण व्यापारी स्थानीयले आआफ्नो घर आगनको सरसफाइ गरि नगरपालिका स्वच्छ सफा बनाएर सहयोग गरिदिन सबैमा अनुरोध गर्नु भएको छ । नगरपालिका मुख्य व्यापारी केन्द्र सल्लीबजारमा वर्षौं देखि सरसफाइ नहुदा फोहोर भएर दुर्गन्धित हुँदै गएको थियो । जनप्रतिनिधि आए सगै बजार सरसफाइ हुँदै जादा केही हदसम्म फोहोर व्यवस्थापन भएको छ । आज नगरपालिकाको तर्फ बाट फोहोर व्यवस्थापन गर्न भन्दै प्रभाकर माबी देवस्थललाइ झाडु दिएको छ । साथै १२ औं गणतन्त्र दिवसको अवसरमा बनगाड कुपिण्डे नगरपालिका ४ र ५ न वडा कार्यालयको सयुक्त आयोजना ४ न वडाको गर्चेबजार र ५ न वडाको च्युराबजार सरसफाइ गरिने ४ न वडा अध्यक्ष मोमत रोकाले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस