सल्यानमा एक आमाले आफ्नै छोरीको हत्या गरेकि छन।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रानागाउ निवासी २८ वर्षीया सपना भण्डारीले आफ्नै छोरीको हत्या गरेकी हुन।
उनले आफ्नै ७ महिनाको छोरी जानकी भण्डारीको हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरी बिट लान्तीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको जनाएको छ ।
आफ्नै छोरीलाई कुटपिट गरी हत्या गरेको भन्डारीका परिवारले प्रहरीमा किटानी जाहेरी दिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुहामका प्रहरी निरीक्षक नरबहादुर खड्काले बताएका छन।
पक्राउ परेकी भण्डारीलाई अहिले इलाका प्रहरी कार्यालय लुहाममा राखिएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । मृतक बालिकाको पोस्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ ।