१० जेठ, सल्यान
छत्रेश्वरी गाउँपालिकाका विभिन्न वडामा निशुल्कआँखा शिविर सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योती सङ,सल्यान आँखा उपचार केन्द्र को प्राविधिक सहयोग र छत्रेस्वरी गाउपालिकाको आयोजनामा २०७६ जेष्ठ ५ गते देखि १० गते सम्म छत्रेस्वरी गाउपालिका का निभिन्न वडाहरु मा गरिएको नि:शुल्क आँखा शिविरमा १३२७ जना आखाका बिरामीहरुको आँखा जाँच गरिनुका साथै नि: शुल्क औषधी तथा चस्मा वितरण गरिएको छ । जसमध्ये १२१ जना मोतिबिन्दु भएका बिरामिहरुलाई यहि जेष्ठ १५ र १६ गते भोटेचौरमा निशुल्क अप्रेशन गर्ने ब्यवस्था गरिएको छ भने अन्य १० जना आसुनली बन्द भएका बिरामिहरुलाइ राप्ती आँखा अस्पताल रक्षाचौर दाङ रिफर गरिनुका साथै अन्य आँखा रातो भएका, आँखा चिलाउने ,आँखा मा मासुपलाएका ,आँखा शुख्खा हुने,र चस्मा लगाउनु पर्ने बिरामीहरुलाई निशुल्क औषधी तथा चस्मा विररण गरिएको छ।