१० जेठ, सल्यान
सल्यानको शिवजन मावि शीतलपाटीको ६० औं वार्षिकोत्सवको अवसरमा विद्यालयले निशुल्क स्वास्थ्य शिविर आयोजना गरको छ ।
सुक्रवार विहान १० देखि ४ बजेसम्म संचालित शिविरमा जम्मा ५२१ जनाले स्वास्थ्य परिक्षण गराएका छन ।
शिवजन मावि मा निमावि तहसम्म अध्ययन गरेका र हाल कोहलपुर मेडिकल कलेजमा कार्यरत डा. श्याम वि.के. को नेतृत्वमा आएको विशेषज्ञ डाक्टरको टोलि र कलशी मेमोरियल हष्पिटल श्रीनगरको प्राविधिक सहयोगमा उक्त शिविर संचालन गरिएको हो ।
शिविरबाट विद्यार्थी अभिभावक, तथा शा.न.पा १ बासी जनताहरु लाभान्वित भएको र यस्ता सामाजिक कार्यले आगामी दिनमा पनि निरन्तरता पाउने विद्यालयका प्र.अ. हिरालाल नेपालीले जानकारी दिनुभयो ।
आफुले पढेको विद्यालयमा आएर शिविरमा सेवा गर्न पाएकोमा निकै खुशी भएको डा.श्याम वि.क.ले बताउनुभयो ।
शिवजन माविले विद्यालयले वार्षिकोत्सवको अवसरमा हिजो श्रीनगर बजार सरसफाई गरेको थियो । आज स्वास्थ्य शिविर संचालन गरेको छ । र भोली भव्य कार्यक्रमका विच ६० औं वार्षिकोत्सव मनाउन लागेको छ ।