९ जेष्ठ सल्यान
सल्यानमा संचालन हुदै आएका शारदा यातायात सेवा प्रा.लि र सल्यान शारदा यातायात प्रा.लि जेष्ठ १० गते देखी सयुक्त यातायात बाट संचालन हुने भएका छ्न। जेष्ठ ७ गते राप्ती सार्वजनिक यातायात ब्यवसायी समितिका कल्याणकारी सचीव मिन प्रकास शर्माको अध्यक्षतामा दाङ तुलसीपुरमा, विभिन्न जिल्लाका यातायात ब्यवसायी समिति र प्रा.लिका पदाधिकारीको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको सल्यान रुकुम यातायात ब्यवसायी समिति सल्यानका अध्यक्ष अरबिन्द कुमार राईले बताउनु भयो ।यातायात ब्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धालाई हटाई यात्रुमुखी सेवा दिनको लागी सबै समिति र प्रा,लि मिलेर जानुपर्ने परिस्थिति आएको बताउँनु भयो । पछिल्लो समयमा यातायात क्षेत्र,अस्वस्थ प्रतिस्पर्धाको कारण धरासायी बन्दै गएको र त्यसलाई रोक्नको लागी मिलेर जानुको बिकल्प नरहेको भन्दै,यस तर्फ आफुहरु राप्ती अञ्चलको यातायात क्षेत्रलाई मिलाएर लैजाने प्रक्रियामा लागेको राप्ती सार्वजनिक यातायात ब्यवसायी समितिका अध्यक्ष सुरेश हमालले बताउँनु भयो । उहाँले यातायात क्षेत्रलाई यात्रुमुखी भन्दा पनि,प्रतिस्रोतका आधारमा संचालन गर्ने प्रचलन बढेका कारण यसलाई रोक्नको लागी आफुहरु लागी परेको बताउनु भयो ।
२०४१ सालमा स्थापना भएको राप्ती अञ्चलकै पुरानो समिति, राप्ती अञ्चल सार्वजनिक यातायात ब्यवसायी समितिको मुलप्रतिबद्वता दुर्घटना न्यूनीकरण तथा यात्रुमुखी सेवा दिने रहेकाले,यसमा आफुहरु कतै पनि बिचल्ली नहुने बरु सबैलाई मिलाएर लैजानेमा प्रतिबद्ध रहेको बताउनु भयो । केहि महिना पहिले देखी नै राप्ती सार्वजनिक यातायात ब्यवसायी समिति,सल्यान रुकुम यातायात ब्यवसायी समिति,सिस्नेहिमाल यातायात ब्यवसायी समिति र नमस्ते राप्ती यातायात प्रा.लिले संयुक्त यातायात ब्यवसायी समिति बाट डाइल,सेवा सुचारु गर्दै आएको र यहि जेष्ठ ८ गते देखी दाङ र जेष्ठ १० गते देखी सल्यानमा, लागु हुने गरि,शारदा यातायात प्रा.लि र सल्यान शारदा यातायात सेवा प्रा.लि गरेर दाङ सल्यान र रुकुमका ६ वटा समिति र प्रा.लिहरुले एउटै डाइलबाट सेवा दिने भएको नमस्ते राप्ती यातायात प्रा.लिका उपाध्यक्ष ओमकार बोहराले जानकारी दिनु भयो । यता सल्यानमा पनि जेष्ठ १० गते देखी संयुक्त यातायात ब्यवसायी समिती बाट गाडी संचालन गर्ने अन्तिम तयारीमा आफुहरु लागी परेको सल्यान रुकुम यातायात ब्यवसायी समितिका कोषाध्यक्ष रन्जित कुमार राईले बताउनु भयो ।उहाँले सल्यान दमाचौर दहखोला देखी तुलसिपुर,दमाचौर,खोरबारे,गुरुदासे र जयचौर देखी दाङ तुलसीपुर सम्म मिनिबसहरु डाइलमा संचालन गरिने बताउँनु भयो ।समिति र प्रा.लि को भिन्न्ता भन्दा सिङ्गो यातायात क्षेत्रको गुणस्तरीयतालाई कायम राख्नको लागी आफुहरुले सयुक्त यातायात ब्यवसायी समिति द्वारा गाडी संचालन गर्न लागेको सल्यान शारदा यातायात प्रा.लिका अध्यक्ष डम्बरसिंह तिरुवाले बताउनु भयो ।उहाँले आफुहरुले सल्यानका दुइवटा प्रा.लिहरुको तुलसीपुर ट्याक्सी समिती संगको सम्झौतालाई तोडेको समेत तोडेर संयुक्त यातायात बाट गाडी संचालन गर्न लागेको समेत बताउनु भयो ।