बार्षिक उत्सवको अबसरमा सल्यान रकुम यातायातले गर्यो दृष्टिबिहिन बालबालिकाहरुलाई फलफूल बितरण

सल्यान रुकुम यातायात ब्यवसायी समिति सल्यानले आफ्नो दसौं बार्षिक उत्सवको अबसरमा शिबजन माध्यमिक बिधालय श्रीनगरमा रहेका दृष्टिबिहिन बालबालिकाहरुलाई फलफूल बितरण गरेको छ ।

सोमबार,फलफूल बितरण कार्यक्रममा बोल्दै समितिका अध्यक्ष अरबिन्द कुमारराईले,अपांगता भएका ब्यक्तिहरुलाई आफ्नो समितिले हेर्ने दृष्टिकोण सधै सकारात्मक रहने बताउँनु भएको छ ।उहाँले सल्यान रुकुम यातायात ब्यवसायी समितिले आफ्नो स्थापना कालमानै रुकुममा दुइजना शारीरिक अपांगता भएका ब्यक्तिलाई रोजगारको ब्यवस्था गरेको बताउनु भयो। अझै पनि उहाँले अपांगता भएका ब्यक्तिहरुलाई सहयोग गर्ने बताउनु भएको छ ।अध्यक्ष राईले शिबजन माध्यमिक बिधालयका दृष्टिबिहिन विद्यार्थीहरुलाई बिछ्याउनको लागी,म्याट लगाएत अन्य ग्रमियाममा प्रोगहुने सामानहरु उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएकी छ ।अध्यक्ष राईले समितिलाई यहाँ सम्म ल्याइपुर्‍याउने समितिका पुर्व अध्यक्ष लोकमान बुढाथोकी लगाएत सल्यानि जनताहरुलाई सम्मानका साथ धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रम समितिका कोषाध्यक्ष रन्जितकुमार राईले दशौ बार्षिक उत्सबको अबसरमा सम्पूर्ण यातायात ब्यवसायी,कर्मचारी लगाएत जिल्ला बासी सबैलाई धन्यवाद दिनु भएको थियो ।उहाँले समितिले १० बर्ष सम्म समितिको रुपमा जति सेवा दियो,त्यसबाट परिमार्जन सहित आगामी दिनहरूमा स्तरीय सेवा दिन लागी पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै शिबजन माध्यमिक बिधालय शितलपाटीका, बिधालय ब्यवस्थापन समिति अध्यक्ष तथा सल्यान रुकुम यातायात ब्यवसायी समितिका सदस्य राजेश बिकले सल्यान रुकुम यातायात ब्यवसायी समिति जिल्लाको एउटा छुट्टै पहिचान सहितको संस्था भएको बताउँनु भयो ।यातायातको क्षेत्रमा जिल्लाको बिकास गर्नमा महत्त्वपूर्ण भुमिका रहेको भन्दै आगामी दिनहरू पनि अझै सामाजिक कार्यगर्ने अबसर मिलोस भनी शुभकामना व्यक्त गर्नु भएको थियो ।उहाँले आफु एउटा यातायात ब्यवसायी पनि भएकाले यातायात क्षेत्रमा स्वच्छ प्रतिस्पर्धाको लागी सबैलाई तत्पर रहन आग्रह गर्नु भएको छ ।कार्यक्रममा शिबजन माध्यमिक विद्यालय शितलपाटी सल्यानका,दृष्टिबिहिन छात्राबासका इन्चार्ज राजेश अर्यालले,राज्यले अपांगहरुलाई हेर्ने दृष्टिकोणमा परिबर्तन गर्नु पर्ने बताउनु भयो । अपांगहरुले पनि सपाङ्ग सरह काम गर्न सक्ने भएकाले बरु त्यस तर्फ लाग्न सबैलाई अनुरोध गर्नु भयो ।२०७१ साल देखी संचालन भएको शिबजन माध्यमिक बिधालयमा हाल रुकुम,रोल्पा,सल्यानका १८ जना अपांगता भएका बिद्यार्थीहरुले अध्यान गरिरहेको बताउँनु भयो ।कक्षा १,२,५,७ र ९ मा अध्यान गर्ने १७ जना दृष्टिबिहिन छात्र छात्रा र १ जना शारीरिक अपांगता भएका छात्र रहेको बताउँनु भयो ।उहाँले सकारात्मक शन्देस दिने कार्य गरेकोमा सल्यान रुकुम यातायात ब्यवसायी समितिलाई धन्यवाद दिदै दशौ बार्षिक उत्सवको अबसरमा शुभकामना प्रदान गर्नु भएको थियो ।
फलफुल बितरण कार्यक्रममा सल्यान रुकुम यातायात ब्यवसायी समितिका प्रशासनिक इन्चार्ज छतेन्द्र हमाल,डाइल इन्चार्ज सोभाकर थापा सुनिल,प्रेस सल्लाहकार दिपसागर भण्डारी,शिबजन मा.बिका शिक्षक जंगबहादुर थापा लगाएतको उपस्थिति रहेको थियो ।

यस्तै समितिको दशौ बार्षिक उत्सवको अबसरमा सल्यान रुकुम यातायात ब्यवसायी समितिका पुर्व अध्यक्ष, लोकमान बुढाथोकीले आफुले,जेष्ठ ६ गतेलाई विशेष दिनको रुपमा हेर्ने गरेको बताउँनु भएको छ ।जिल्लाको समग्र बिकासको लागी २०६६ साल जेष्ठ ६ गते,आफ्नो अध्यक्षतामा जिल्लाका सम्पूर्ण राजनैतिक दल, यातायात ब्यवसायी र सल्यान,रुकुम,रोल्पाका जनताको साथमा पहिलो पटक सल्यानको श्रीनगरमा सल्यान रुकुम यातायात ब्यवसायी समितिको प्रधानकार्यालय स्थापना गरि सेवा सुचारु गर्न सफल भएको बताउनु भयो । राप्ती समिति संगको हप्तौं दिन सम्मको लडाई,जङ्गलको बास लाई सम्झदै उहाँले यातायात क्षेत्रलेनै,सल्यान श्रीनगर लगाएत समग्र जिल्लाको बिकासमा तिब्र गति लिएको बताउँनु भयो ।
नौ बर्ष सम्म आफु समितिको अध्यक्ष हुँदा जिल्ला र अन्य जिल्लाका सयौ बिरोजगार युवाहरुलाइ रोजगार दिन सफल भएको र दुरदराजका गाउँबस्तिमा गाडी पुर्‍याउन सफल भएकोमा यस्मा आफुहरुले गर्व गर्ने ठाउँ रहेको बताउँनु भयो ।
हाल,बागचौर नगरपालिका सल्यानका नगर प्रमुख रहनु भएका पुर्व अध्यक्ष,बुढाथोकीले सरकारको निर्णय अनुसार समितिलाई प्रा.लिमा परिमार्जन गर्ने कार्य संगै आफ्नो पुर्ण साथ रहने समेत बताउँनु भयो ।

सल्यान रुकुम यातायात ब्यवसायी समिति सल्यान,लाई जिल्लाको पहिलो र बिस्वासिलो समितिको रुपमा हेर्ने गरिन्छ भने उक्त समितिले ट्याक्सी मिनिबस,,नर्मलबस,सुपर डिलक्स हुँदै,डिलक्स बस समेत संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस