गायक कृष्ण रेउले र गायीका सिर्जु अधिकारीको “रेलिमै” ले सबैको मन जित्दै

पछिल्नो समय एक पछि एक हिट गित बजारमा ल्याएर दर्शक श्रोताको मन जित्न सफल लोकप्रिय गायक एवम् सर्जक कृष्ण रेउले र गायिका तथा मोडल सिर्जु अधिकारीको स्वरमा ‘रेलिमै’ बोलको नयाँ गीत बजारमा आएको छ। यस गीतमा कृष्ण रेउलेको शब्द, संगीत रहेको छ। गितमा  कृष्ण रेउले र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ।

‘रेलिमै’ बोलको लोक तथा दोहोरी गीतको म्युजिक भिडियो फ्युजन गरिएको छ। लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीले निर्देशन गरेका छन्।

दुर्गा पौडेलले यस गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने नविन घर्ती मगरको सम्पादन गरेका छन्। रेलिमै सार्वजनिक भए पश्चात दर्शक श्रोताको मन जित्दै गितको चर्चा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस