सल्यानका मृगौला पीडित पुर्व जनमुक्ति सेना बिकले उपचारको लागि सबैमा सहयोग मागे

इन्द्र बुढाथोकी ५ जेष्ठ सल्यान ,

सल्यानका दुवै मृगौला फेल भएर उपचारत बिरबल बिक ले सहयोगको याचना गरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ बामे पोखराका मृगौला पीडित ४० बर्षिया बिरबल बिकले उपचारका लागि सहयोगको याचना गरेका हुन् । तत्कालीन माओवादी केन्द बनगाड कुपिण्डे नगरपालिका वडा न ३ वडा अध्यक्ष समेत रहेका बिकका दुवै मृगौला फेल भएर अहिले कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराईरहेका छन । उनी २०५८ साल देखि पुर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर समेत रहेका थिए । मृगौला पीडित बिकको आर्थिक अभावका कारण डायलोसिस समेत हुन सकेको छैन् । ‘अस्पतालमा भर्ना भएको एक हप्ता भयो, डायलोसिस गर्न प्रती पटक ८ हजार जति लाग्छ रे’ उनले भने ‘पैसा छैन्, त्यसैले आजसम्म डायलोसिस हुन सकेको छैन्, गाउँ घरतिरबाट केही सहयोग उठेको पैसा आए पछि डायलोसिस हुन्छ होला ।’ गत मंसिरदेखि समान्य समस्या देखिपछि फागुनमा भारतको मुम्बईमा गएर चेकजाँच गर्दा दुवै मृगौला फेल भएको बताए पछि यहाँ आएर उपचार गरीरहेको बताए । ५० हजार ऋण गरी ल्याएको पैसा सकिएको बताउँदै उनले सहयोगको अनुरोध गरेका छन् । उनी तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्वमा जनमुक्ति सेनाका रुपमा कार्यरत भएका थिए । सेनामा हुँदा मुख र पिठ्युमा गोलि समेत लागेको उनले बताएका छन् । बिकका श्रीमति,पार्वती बि.क बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ की दलित महिला वडा सदस्य छन । दुई छोरा र दुई छोरी छन् । हाल मजदुरी गरी घरखर्च चलाउँदै आएका उनका दुवै मृगौला फेल भएपछि आर्थिक अवस्था कमजोर बन्दै गएको बताउँदै सहयोगका लागि सबैसँग अनुरोध गरेका छन् । सरकारले मृगौला पीडितको डायलोसिस गर्दा शुल्क नलाग्ने भनेपनि आफुले समयमै डायलोसि गर्न नपाएको दुखव्यक्त गरेका छन् । बोल्न, हिड्न र खाना मन नलाग्ने गरेको बताउँदै समयमै उपचार गर्नका लागि सहयोग गरी दिन विभिन्न संघसंस्थाहरुलाई अनुरोध गरेका छन् । बिकले देश विदेशमा रहनुभएका सबैमा सहयोग गरि आफ्नो उपचारमा सहयोग गर्न याचना गरेका छन् । उनले आफ्नी श्रीमती पार्वती कामीको लक्ष्मी बैक सल्लीबजारको खाता न ०६९२३०००९८३० र आफ्नो मोवाईल नंम्बर ९८६४९३५२७० मा सम्पर्क गरी सहयोग गरिदिन आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस