४ जेष्ठ ,सल्यान :
आगलागीमा परि ज्यान गुमाएका परिवारलाई गाउँपालिकाले राहत स्वरुप आर्थिक सहयोग गरेको छ।
आगलागीमा परि ज्यान गुमाएका छत्रेश्वरि गाउँपालिका वडा नम्बर ६ रामकाडाका खगेन्द्र बोहराका परिवारलाई छत्रेश्वरि गाउँपालिकाले राहत स्वरुप २५ हजार सहयोग गरेको हो।
२८ गते रामकाडाको इन्द्रेणी सामुदायिक बनमा लागेको आगो निभाउन गयकी पुन्टी बोहरालाई बचाउन गयका खगेन्द्रलाई आगोको मुस्लोले पकडेपछी खगेन्द्र जलेर गम्भीर घाईते भए भने पुन्टी बोहराको जलेर सोही दिन मृत्यु भयको वडा अध्यक्ष चुडामणि दसौदीले बताए।
आगोले जलेर गम्भीर घाइते खगेन्द्रको ३१ गते उपचारको क्रममा काठमान्डौको किर्तिपुर अस्पताल बिहान ५ बजे ज्यान गयको उनका परिवारले बताएका छन।
गाउँपालिका अध्यक्ष सन्तोष केसिले मृतक खगेन्द्रका परिवारलाई उनको घरमै पुगि राहत स्वरुप २५ हजार रुपैया दिएका हुन।बिपद बाट ज्यान गुमाउने हरुका परिवारलाई गाउँपालिकाले राहत स्वरुप २५ हजार रुपैयाँ दिने गरेको छ।
आगलागीमा परि ज्यान गुमाएकि पुन्टी बोहराका परिवारलाई पनि गाउँपालिकाले राहत स्वरुप २५ हजार रुपैया दिसकेको छ