इन्द्र बुढाथोकी
२६ बैशाख, सल्लीबजार
देशका अधिकास क्षेत्रहरूमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकारबाट बिनियोजित बजेटबाट सडकहरु बनाउने काम धमाधम चलिरहेको छ । तर बन्गाड कुपिण्डे नगरपालिका वडा न ६ का स्थानीयबासीले भने आफ्नै लगानीमा १ किलोमीटर मोटर बाटो बनाएका छन । कुवा खोला हुदै साउने डाडा सम्मको १ किलोमीटर सडक स्थानीय २२ घरधुरीले १ लाख १५ हजार लगानीमा सडक निर्माण गरेका छन । दैनिक उपभोग्य बस्तु ल्याउन लैजान र गाउँमा विरामी पर्दा बिरामीलाई बोकेर लैजाउनु पर्ने बाध्यता भइपछि स्थानीयले आफ्नै लगानीमा मोटरबाटो निमार्ण गरेका हुन । सधै विकासको लागि राज्यको मुख ताक्नु भन्दा सामाज मिलेमा केही गर्ने सकिन्छ भने उद्देश्यका साथ मोटरबाटो निर्माण गरिएको छविलाल नाथले बताए । नगरपालिका र वडालाइ पटक पटक मोटरबाटो निमार्ण गरी दिन आग्रह गर्दा पनि कुनै सुनुवाई नभए पछि प्रत्येक घरबाट रकम संकलन गरी मोटरबाटो निमार्ण गरिएको उनको भनाई छ । उनले भने पहुँच र पावरका भरमा बजेट हाल्ने र आफ्ना आसेपासेहरु भएको ठाउँमा बिकास गर्ने र आफुहरुलाइ सधै उपेक्षा गरेका कारण यस वर्ष हामीले २२ घरधुरीले आफ्नो क्षमता अनुसारको पैसा उठाएर आफ्नै व्यक्तिगत लगानीमा सडक निर्माण गरेका हौं ।