काठमाडौं – अमेरिकाको इलेक्ट्रोनिस डाइभर्सिटी भिसा(इडीभी) चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१९)म भरेको इडिभीको नतिजा सार्वजनिक भएको हो । सार्वजनिक नतिजा नेपालमा भने मंलगवार (आज) राती १० बजेदेखि हेर्न सकिने छ । सो नतिजा हेर्नका लागि अनिवार्य रुपमा इडिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य रुपमा रहेका छ । सन् २०२० अमेरिका प्रवेशका लागि २०७५ असोज १७ देखि कात्तिक २० गते (२०१८ अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म) फारम खुलाइएको थियो ।
यसरी चेक गर्नुहोस्
नतिजा हेर्नका लागि डीभी भर्दा पाएको कन्फर्मेशन नम्बर आवश्यकता पर्दछ । डिभी परेरनपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ । डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ।
ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ। नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन। डिभी भर्नेहरुले सोझै https://www.dvlottery.state.gov मा गएर आफ्नो नतिजा हेर्न सक्छन्। अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट १ करोड देखि २ करोडसम्मले अनलाईन फारम भर्ने गरेकाहरु यही कार्यक्रम मार्फत लाखौं अमेरिका जाने गरेका छन् ।
के हो यो डिभी चिट्ठा ?
डाइभर्सिटी भिसा लटरी प्रोग्रामलाई ग्रिन कार्ड लटरी कार्यक्रमको नामबाट चिन्ने गरिन्छ । र, यस कार्यक्रमअन्तर्गत अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासी जनसंख्यालाई स्थायी नागरिकता प्रदान गर्ने गरेको छ । वर्ष १९९० मा जब यो कानुन बनेको थियो, त्यस समय चक सुमरले यसलाई बनाउने कार्यमा अहं भूमिका निर्वाह गरेका थिए । रिपब्लिकन पार्टीका राष्ट्रपति जर्ज एच डब्लु बुसको कार्यकालमा यो कानुन पारित भएको थियो र यसलाई विपक्षी पार्टीका सदस्यहरूको भोट पनि प्राप्त भएको थियो ।
रिपब्लिकन पार्टीका सिनेटर जेफ फ्लेकले भनेका छन् कि सुमरले २०१३ मा एक प्रवासी कानुनको प्रस्ताव गरेका थिए र ग्रिन कार्ड चिट्ठा अन्त्य गर्ने कुरा गरेका थिए । यस कानुनअन्तर्गत स्थायी नागरिकताको कोटा, जो तत्कालका लागि ग्रिन कार्ड चिठ्ठाबाट प्रवासीलाई प्राप्त हुन्छ, त्यो बढी दक्ष र योग्य आप्रवासीलाई दिनुपर्ने थियो । आप्रवासीका लागि यो कानुन सिनेटबाट त पास भयो, तर कानुनको रूप लिन भने सकेन । किनकि, यसलाई प्रतिनिधिसभाबाट स्वीकृति प्राप्त हुन सकेन ।
नतिजा प्रारम्भिक मात्रै
नेपालबाट प्रत्येक वर्ष लाख भन्दा बढीले डिभी चिठ्ठा भर्दै आएका छन्। राजनीतिक अस्थिरता, आर्थिक उन्नतितर्फ सिन्को भाँच्न नसक्ने राजनीतिक नेतृत्व एवं भ्रष्ट राज्य तथा समाज संयन्त्रदेखि वाक्क भएर धेरै नेपालीहरुले अमेरिका बसाइँ सराइको योजनाका लागि डिभीलाई छान्ने गर्छन्। यो बाहेक विश्व महाशक्ति राष्ट्रको जीवनस्तर, विश्व स्तरीय शैक्षिक संस्था एवं अवसरका कारण पनि अमेरिका बसाइँ सराइ धेरैको रोजाइमा पर्ने गरेको छ। सामान्य लेखपढ, र पहुँच नहुने इमान्दारहरुका लागि त डिभी कार्यक्रम अमेरिका पुग्ने एउटै मात्र माध्यम हो।
त्यही भएर जनसंख्याको आधारमा डिभी भर्ने मुलुकहरुको सूचिमा नेपाल अग्रपंक्तिमा छ। यसमा नाम छनौट हुँदैमा अमेरिका जान पाइहालिँदैन। यो पहिलो चरणको प्रक्रिया पार गर्नु मात्र हो। यसमा छनौट भएकाहरुले दोस्रो फर्म भर्ने एवं अमेरिकी दूतावासले भिसा नदिएसम्म डिभी पर्नेहरुको अमेरिका बसाइँ सराइ निश्चित हुँदैन। धेरैलाई दोस्रो फर्मको सूचना आउँदैन। त्यसैले डिभीको पहिलो परिणाममा छनौट भएकै भरमा नेपालमा आफूले गर्दै आएको पेशा, व्यवसाय त्याग्नु हुँदैन।
डिभी पर्नेको हैसियत
अमेरिकामा सहज डिभी परेर अमेरिका बसाइँ सर्नेहरुको कानुनी हैसियत सुरुदेखि नै बलियो हुनेगर्छ। विद्यार्थी, पेशा व्यवसाय एवं राजनीतिक शरण लिनेहरुभन्दा उनीहरुलाई कानुनी रुपमा राम्रो हैसियत मिल्छ। कानुनी कागजात राम्रो भएका कारण उनीहरुले राम्रो तलबको काम पनि पाउने सम्भावना बढी हुन्छ। अमेरिका पुगेको बढीमा १० महिनासम्म त्यही बसोबास गरेपछि सामान्यतः डिभी पर्नेहरुले ग्रीनकार्ड पाउँछन्। ग्रीन कार्ड प्राप्ति वा अमेरिकाको नागरिक बन्न सजिलो हुने भएकाले त्यहीँ बसिरहेका विद्यार्थी एवं अन्य हैसियतका नेपालीले पनि डिभी भर्ने गरेका छन्। ग्रीनकार्ड पाएको पाँच वर्षपछि सामान्य परीक्षामा सहभागी भएर अमेरिकी नागरिकको हैसियत प्राप्त हुन्छ।