बनगाड कुपिन्डे नगरपालिकामा खानेपानीको चरम सङ्कट

इन्द्र ब बुढाथोकी

२२ बैशाख, सल्लीबजार सल्यान

बनगाड कुपिन्डे नगरपालिकाको १२ वडामा नै खानेपानीको चरम सङ्कट देखिएको छ । गर्मी समय लागे संगै पानीका मुहान सुक्दै गएकोले पानीको सङ्कट देखिएको हो। साबिकका गाविसहरु निगाल्चुला, कुपिण्डे, माझकाडा, घाजरीपीपल, मुलखोला, बामे र देवस्थल गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव हुन थालेपछि त्यहाँका बासिन्दा बसाइँ सर्न थालेका छन् । बनगाड कुपिन्डे नगरपालिका बस्तीमा खानेपानीको स्रोत नहुँदा बस्ती नै सङ्कट परेको स्थानीय अमर प्राबी प्र, अ झलक बुढाले बताए। “पानीको स्रोत सुक्दै गएकाले बर्सेनि तीनदेखि पाँच परिवारले गाउँ छोड्न थालेका छन्, बस्ती नै खाली हुने खतरा छ, । उच्च डाडकाडा बस्तीहरुमा पानीको अभाव भएपछि तीन/चार घन्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको छ । एउटै घरबाट दुई÷तीन जनाले पालैपालो पानी आसार्नु परिरहेको र दैनिक अन्य काम छाडेर पानी ल्याउने काम मात्र गर्ने गरेका र वर्ष भरी खानेपानीको समस्या हुने बनगाड कुपिण्डे नगरपालिका ३ मेल्टाकुराका स्थानीय इन्द्र पुनले बताउँछन्। “दिनभरमा चार गाग्री पानी आउँछ परिवारमा सात÷आठ जना हुन्छन्, नुहाउने र कपडा धुनेको त कुरै नगराँै खानेपानी पाउनसमेत धौधौ छ,” उनले भने । पानी बोक्नकै लागि बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ । निगाल्चुलाका प्रेम बहादुर पुनले बताएका छन । आकासे पानी सङ्कलनका लागि बनाइएका पुराना पोखरीमा पनि पानी सुकेपछि बस्तुभाउलाई समेत पानी बोकेर खुवाउनुपर्ने बाध्यता छ । पानी सङ्कलनका लागि निगाल्चुलामा चारवटा पोखरी बनाइएको छ । यस वर्षदेखि पानी पूरै सुकेपछि बस्तुभाउ बचाउनै गाह्रो भएको स्थानीयवासी लालबहादुर घर्तीले पीडा सुनाए। पर्याप्त पानी नपरेपछि आकासे पानी सङ्कलनका लागि बनाइएका घैँटासमेत खाली छन् । पानीको अभावका कारण बस्तुभाउ पाल्न छोडेको स्थानीयवासी नारायण खत्रीले बताए। पहिले नजिकै कुवाबाट पानी ल्याउने गरेको भए पनि कुवा सुकेपछि स्थानीयवासी गाउँ छोडेर जानथालेका छन् । “गाउँमा आउने न त पानीको स्रोत छ न त नजिक कुवा नै, पानीको सास्तीले बसाइँ सर्नु परिरहेको छ,” खत्रीले भने। खानेपानी अभावसँगै विद्यालय र घरमा बनाइएका शौचालय दुर्गन्धित र फोहर भएर प्रयोग बहिनी भएका छन भने । खानेपानीबाट यस क्षेत्रका करिब ३६ हजार जनसंख्या प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस