श्रीनगरका युवा व्यवसायी द्वारा १८ जना विद्यार्थीलाइ निशुल्कपोशाक वितरण

१९ बैशाख सल्यान
सल्यान श्रीनगरका एक व्यवसायीले गरिब तथा जेहेन्दार बिद्यार्थीको हरुका लागि निशुल्क पोशाक वितरण गरेका छन।
जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा कपडा पसल संचालन गर्दै आईराखेका युबा ब्यबसाही खिम केसिले

छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ दहचौरमा रहेको भगबती आधारभुत बिधालयका १८ जना बिद्यार्थी हरुलाई केसि ले निस्शुल्क पोशाक बितरण गरेका हुन।

बिद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थीको लागि आफुले पोशाक उपलब्ध बनाएको ब्यबसायी केसिले बताएका छन।पोशाक बितरणले बिद्यार्थीहरुका अबिभाबक हरुलाई आर्थिक ब्ययभार कम हुने उनले बताए।

बिधालयको ४४ औ बार्षिक उत्सब तथा पोशाक बितरन कार्यक्रमको अबसर पारेर केसिले पोशाक बितरन गरेका हुन।कार्यक्रममा अबिभाबक तथा बिद्यार्थी हरुको उपस्थित रहेको थियो।

केसिले यस अघि निशुल्क रुपमा बिधालयमा जस्तापाता र गाग्री वितरण गरिसकेका छन।

प्रतिक्रिया दिनुहोस