१ बैशाख, २०७६
नव वर्ष २०७६ सालको अवसरमा बैशाख १ गते सल्यान शानपा ६ बरलामा तेक्वान्दो डोजाङको एक कार्यक्रमका विच स्थापना गरिएको छ ।
तेक्वान्दो संघ सल्यानका अध्यक्ष अरजिन्द कुमार राईको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि शानपा ६ का वडाध्यक्ष भिकराज बुढाथोकी, विशिष्ट अतिथि जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष विजय सिंह लगायतका अन्य अतिथि, खेलाडी तथा खेलप्रेमीहरुको सहभागीता रहको थियो । खेलक्षेत्रको विकासका लागि तेक्वान्दो डोजाङ स्थापना हुनु निकै खुशीको कुरा भएको र यसको संरक्षण वडाले गर्नै शानपा ६ का वडाध्यक्ष एवं उक्त कार्यक्रमका प्रमुख अतिथि भिकराज बुढाथोकीले बताउनुभयो ।
सोही कार्यक्रममा शानपा १४ निवासी अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी गोपाल भण्डारीले बरलामा स्थापना भएको तेक्वान्दो डोजाङको लागि करिब ५० हजार बरावरको आवश्यक खेल सामाग्री,ड्रेस तथा सेफ्टी इक्युपमेण्ट हस्तान्तरण गर्नुभएको थियो ।
सोही अवसरमा ललीत गिरिको अध्यक्षतामा तेक्वान्दो खेलको उन्नयन तथा प्रवद्र्धनका लागि ११ सदस्यीय बरला तेक्वान्दो डोजाङ व्यवस्थापन समिति गठन गरिएको छ , भने उक्त डोजाङको संयोजक राष्ट्रिय तेक्वान्दो खेलाडी बरुण शाह रहनुभएको छ ।