सल्यानमा जगली जनावर घोरल मारेको अभियोगमा ९ जना पक्राउ परेका छन् ।
जिल्लाको शारदा नगरपालिका ६ बरलामा जंगली जनावर घोरलको मासु काटिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ परेको बताएको छ । डिभिजन वन कार्यालय सल्यानको मातहतमा उनिहरुलाई चैत २५ गते पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा बरलाका सन्तोष भण्डारी, राम बहादुर भण्डारी, विजय भण्डारी, कमल ओली, हेमराज भण्डारी, भक्त बहादुर भण्डारी, लोक बहादुर सार्की, डिल्ली बहादुर बुढाथोकी, लोकराज भण्डारी रहेको प्रहरीले बताएको छ । उनिहरुलाई वन कार्यालयले जिल्ला अदालत सल्यानबाट म्याद थप गरेर अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको छ ।
उनिहरुको साथबाट बरामत गरिएको मासुलाई जिल्लाका सरोकारवालको रोहोबरमा वन कार्यालयमा गाडिएको छ भने खुट्टा, टाउको र छालालाई ल्याव टैसटको लागी विधी विज्ञान प्रयोगशालामा काठमाण्डौँमा पठाइएको डिभिजन वन कार्यालय सल्यान अधिकृत थिर बहादुरले बताए ।