सल्यानमा पक्राउ परेका विप्लव नेकपाका २ जना कार्यकर्ता रिहा ,३ जना अझै हिरासत

चैत २८, सल्यान ।

सल्यानमा पक्राउ परेका विप्लव नेकपाका २ जना कार्यकर्ता रिहा भएका छन् ।

पार्टीका जिल्ला सदस्य तथा अखिल क्रान्तिकारी सल्यानका उपाअध्यक्ष भिम ओली र सो पार्टीको भातृसंगठन युवा संगठन सल्यानका सचिव खुम केसी रिहा भएका हुन् । केसीलाई अस्ती रिहा गरिएको थियो भने ओली आज रिहा भएका हुन् ।

रिहा भएका खिमलाई १ लाख धरौटीमा छोडिएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख इनिस्पेक्टर पन्चलाल गोलेले बताए । भिमलाई भने १० हजार धरौटीमा छोडिएको छ । दुवैलाई जिल्ला प्रशासन कार्यालयमार्फत धरौटीमा जिल्ला अस्पताल सल्यानमा स्वस्थ चेक गराएर छोडिएको हो ।

रिहा भएका भिमले भने अबदेखि पार्टीको काममा नलागेर स्वतन्त्र बस्ने बताएका छन् । उनले आफ्नो व्यवसायी र पारिवारिक अबस्थाका कारण स्वतन्त्र बस्ने प्रहरी समक्ष सर्त गरेका छन् । उनलाई गत चैत ९ गते बागचौरमा आफ्नै मेडिकलबाट प्रहरीले पक्राउ गरेका थियो ।

रिहा भए लगतै जिल्ला अस्पताल सल्यानमा भएको पत्रकार सम्मेलनमा उनले भने– “म अहिले तत्कालको लागी पार्टी छोडेको घोषणा गर्छु, तर भोलीका दिनको भने ग्यारिन्टी लिन सकिदैन् ।”

त्यसैगरी सल्यानमा पक्राउ परेका अन्य तिन जना भने हिरासत बसेका छन् । जसमा पार्टीका जिल्ला सदस्य मदन केसी, गनेश आर.सी. र नारायन ओली रहेका छन् । उनिहरुलाई म्याद थपरे अनुसन्धान भैरहेको इनिस्पेक्टर गोलेले बताए ।

 

प्रतिक्रिया दिनुहोस