इन्द्र बुढाथोकी
सुर्खेत २५
सिम्तागाउपालिकाको कृषि शाखाले कृषिकहरुलाइ ८० क्वीण्टल बेसार वितरण गरेको छ । सिम्ता गाउपालिकाको वडा न ५ बजेडामा रहेको कालिका देबि कृषि तथा पशुपालन सहकारी सस्था बजेडा मार्फत सहकारीमा आवद्ध सस्थाका ४२ जना कृषिक सदस्यहरुलाइ ८० क्युन्टल बेसारको बिउ वितरण गरिएको छ । बेसारको पकेट क्षेत्र स्थापन गर्ने उदेश्यले बिउ वितरण गरिएको छ । गाउपालिका उपाध्यक्ष चन्द्रकला शाहि र ५ न वडा अध्यक्ष मुहान विसिले सयुक्त रूपमा हस्तान्तरण गरिएको हो । उपाध्यक्ष शाहिले सिम्ता गाउँपालिकाले कृषिमा आत्मनिर्भर गराउनको उदेश्यले एक वडा एक पकेट क्षेत्र बनाउने अभियान अगाडि बढाएको बताउनुभएको छ । बीउ पाएकोमा खुसि हुदै कृषकहरूले अाफ्नाे आर्थिक अवस्था र मुहार फेरिने बताएका छन । अार्थिक रूपमा विपन्न दलित बस्तीमा याे कार्यक्रम लागू गरेमा सहकारीका अध्यक्ष दिपक सुनारले गापालाई धन्यवाद दिनुभएकोछ ।