शारदा नपामा पञ्चेबाजा पर्वद्धन तालिम सम्पन्न, एक लाखको बाजा हस्तान्तरण

२५ चैत्र, सल्यान

१० दिने पञ्चेवाजा पर्वद्धन तालिम सल्यान शारदा नपा ६ बरलामा समापन गरिएको छ ।


दिल बहादुर परियारको अध्यक्षता तथा शारदा नपा का नगर प्रमुख सुरेशअधिकारीको प्रमुख आतिथ्यता संगै सुरुभएको कार्यक्रम मा बोल्दै प्रमुख अतिथि शारदा नपाका नगरप्रमुख सुरेश अधिकारीले लोप हुदै गएको पुरानो कला संस्कृतिको जर्गेना गर्न सबैको दायित्व रहेको र त्यसका लागि नगरले सक्दो सहयोग गर्ने कुरा बताउनु भएको छ ।
कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ठ उद्योग अधिकृत लोकनाथ खतीवडाले स्वागत मनतव्य राख्नुभएको थियो ।कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सदस्य सुस्मिता सुनार, शानपा ६ का वडाध्यक्ष भिकराज बुढाथोकीले लोप हुन लागेको पञ्चेबाजा यस तालिम पछि व्यवसायीक रुपमा अगाडी बढ्नेमा जोड दिनु भएको थियो ।
१० दिने पञ्चेवाजा पर्वद्धन तालिममा सहभागी १२ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र हस्तान्तरण संगै ‘भगत सर्वजित सिप विकास पर्वद्धन  कार्यक्रम’ अन्तरगर्त शारदा नपा र घरेलु तथा साना उद्योग विकास समिति सल्यानको साझेदारीमा एकलाख रुपैया बराबरको पञ्चेबाजा सामाग्री हस्तान्तरण गरिएको थियो । शारदा नगरपालिका सल्यान, घरेलु तथा साना उद्योग विकास समिति सल्यानको आयोजना तथा दलित सेवा संघ सल्यानको समन्वयमा उक्त कार्यक्रम चैत्र १६ देखि शानपा ६ बरलामा संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस