चिनाली,तिमिले,लाँकर हुँदै बनगाड कुपिण्डे नगरपालिकाको गर्चे जोड्ने मोटर बाटो उद्घाटन ।

२५ चैत्र, सल्यान

कुमाख गाउँपालिकाको चिनाली,तिमिले,लाँकर हुँदै बनगाड कुपिण्डे नगरपालिकाको गर्चे जोड्ने मोटर बाटोको आज एक कार्यक्रमका बिच आइतबार उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै पुर्व सामान्य प्रशासनमन्त्री तथा संघिय सासंद टेकबहादुर बस्नेतले सल्यान जिल्लाको बिकासले आफ्नो कार्यकालमा गति लिने बताउनु भएको छ ।जिल्लाको समग्र बिकास र जिल्ला बासिको आफु प्रतिको आस्था र बिस्वासलाई समेट्ने गरि जिल्लाको बिकासमा लाग्ने बताउँनु भएको हो । नेकपा केन्द्रिय सदस्य समेत रहेका बस्नेतले,बिकास निर्माणको कार्यमा जिल्ला बासी एकताका साथ अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।जिल्लाको अस्तित्व लाई जोगाउनको लागी जिल्ला बासीनै एक हुनु पर्ने बताउनु भयो ।संघियताको रुपरेखालाई पुर्णता दिन देशभक्ती नेपालीको आवश्यकता पर्ने भएकाले आ आफ्नो ठाउँ बाट सबै नेपाली स्वाभिमानी हुनु पर्ने बताउनु भयो ।कार्यक्रमका बिशिस्ट अतिथि बनगाड कुपिन्डे नगरपालिकाका प्रमुख गोबिन्द पुनले,अब छिटै विकासबाट पछाडि परेका बनगाड कुपिण्डे नगरपालिकाका,जनतालाई विकास भएको अनुभुती दिने गरि काम गर्ने बताउनु भयो । कुमाख गाउँपालिकाको चिनाली देखी बनगाडको सल्लीबजार जोड्ने मोटरबाटोको, सितलनेटा खारा हुँदै स्याला सम्म ३७ किलोमीटर सडकको ट्याक खोलि सकेको र बाँकी रहेको, स्याला मैनेनी लाँकर हुँदै कफलेनी सम्मको ३५ किलोमीटर दुरि रहेको सडक,यो वर्ष नै ट्याक खोलेर नगरबाट सडक,संजाललाई संचालनमा ल्याउने बताउँनु भयो ।सडक उद्घाटन कार्यक्रम नगर उप प्रमुख मन्जु यरि, कुमाख गाउपालिका उपाध्यक्ष डिल्लीराज जैसीले आफुहरुको गाउपालिका सङ्ग सिमान जोडिएको सडकलाइ जसरी पनि,स्तर वृद्धि गर्ने र गाउपालिका र नगरपालिकालाई दिगो बिकास तिर जोड्ने बताउनु भएको छ । यस आर्थिक बर्षमा, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको रु १५ लाख र अन्य गरि,चिनाली देखी ९ किलोमीटर सडक जम्मा ५७ लाख बराबर लागतमा निर्माण भएको बताएको छ ।सडक समितिका अध्यक्ष पुर्ण ब शाहिले स्थानीय पुर्वधार विकास साझेदारीको १५ लाख बराबरको सामाजिक लेखापरीक्षण गर्नु भएको थियो ।पुर्व सामान्य प्रशासन मन्त्री तथा सल्यानका प्रतिनिधि सभा सदस्य एवं संघिय सांसद, टेकबहादुर बस्नेतले बनगाड कुपिण्डे नगरपालिका वडा न ५ कफलेनिमा रिवन काटेर सडकको उद्घाटन गर्नु भएको थियो । सल्यान रुकुम यातायात समितिको ना ७ ख ८४१९ नम्बरको बस पहिलो पटक,, बनगाड कुपिण्डेको लाँकरमा पुगेपछी स्थानिय बासिहरुमा खुसियाली छाएको छ .। सडक उद्घाटन कार्यक्रममा कुमाख गाउँपालिका वडा न ६ का अध्यक्ष बिरबल शर्मा, बनगाड नगरपालिका ५ नम्बर वडा सदस्य कुल ब खत्री , नेकपा कृती ब राना, टोप बहादुर बिष्ट ,चन्द्र ब राणा ,हर्ष बुढाथोकी ,महिला सदस्यदेबि खत्री लगाएतको उपस्थिति रहेको थियो । उक्त सडक उद्घाटन कार्यक्रममाको अध्यक्षता बनगाड कुपिण्डे नगरपालिका ५ न वडा अध्यक्ष कमल बिकले गर्नु भएको थियो भने, अध्यक्ष बिकले यस वर्ष सडक र अर्को वर्ष खानेपानी,स्वास्थ, शिक्षा क्षेत्रमा विकास गर्ने जनाउनु भएको छ ।कार्यक्रमको सन्चालन शिक्षक हिरालाल रानाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस