दुवैको सहमतिमा मात्र खोल्न मिल्ने कण्डम बन्याे

एजेन्सी । एचआइभिहरुको अधिकारका लागि रहेका अर्जेन्टिनाका संघ-संस्थाहरुको अनुरोधपछि त्यहाँ श्रीमान-श्रीमती वा युवक-युवतीबीचको सहमतिमा मात्रै खोल्न सकिने कण्डम बनाएको छ । अर्जेन्टिनाका सेक्स सम्बन्धिका समाग्री बनाउँने कम्पनी तुलिपनले यस्तो कण्डमा बजारमा ल्याएको हो ।

अर्जेन्टिनामा १४.५ प्रतिशतले मात्रै दैनिक कण्डमा गर्ने गरेको द नेक्स्ट वेवले जनाएको छ । त्यहाँका ६५ प्रतिशत मान्छेहरुले कहिलेकाही मात्रै र २०.५प्रतिशतले कहिले पनि कण्डम प्रयोग नगर्ने गरेको बताइएको छ

स्मरणीय कुरा के भनेपछि यसअघि सन् २०१५ मा लण्डनका एक स्कुले बच्चाहरुले यौन सम्पर्कबाट सर्ने रोगहरुलागेको महिलासँग यौन सम्पर्क हुन पुगे कण्डमले रंग फेर्ने आविश्कार गरेका थिए । ती कण्डमले सेक्सुअल्ली ट्रान्समिटेड डिजेज एसटीडी लागेका महिलाहरुसँग यौनसम्पर्क गर्दा रंग बदलेर यौन रोग लागेको कुरा थाहा हुन्छ ।

दायान्याली अली, चिरग शाह, १४ वर्षका र मउज नवाज १३ वर्षकाले यस्तो आइडिया दिएका थिए । जसका कारण उनीहरुले टीनटेक अर्वाड (बालप्रविधि पुरस्कार) जितेका थिए । सो कण्डमले क्लामेडिया, हरपेस एचपीभी र सिफिल्स लागेको कुरा रंग फेरेर संकेत गर्छ । जसका लागि कण्डममा केही रसायन राखिन्छ । यो किसिमको कण्डमलाई एस टी आइ नाम दिइएको थियो । याे कण्डम छिटै बजारमा अाउने छ।

प्रतिक्रिया दिनुहोस