शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउनको लागी, बृहत किसिमको क्रान्तिको आबश्यक : पुर्व सामान्य प्रशासन मन्त्री

बिहिवार बागचौर नगरपालिका वडा नं ४ को प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता तथा श्री सरस्वती माध्यमिक बिधालय बागचौर नगरपालिका वडा नं ४ शिवरथ पेदिखोलाको खैल मैदान उद्घाटन र अभिभावक भेला कार्यक्रममा बोल्दै शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउनको लागी, बृहत किसिमको क्रान्तिको आबश्यक रहेको पुर्व सामान्य प्रशासन मन्त्री तथा संघिय सासंद टेकबहादुर बस्नेतले बताउँनु भएको छ । सिहंदरवारको अधिकार गाउँगाउँमा आए पनि शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन नभएको भन्दै,सामुदायिक बिधालय प्रतिको मोह जनतालाई बुझाउनु पर्ने बताउनु भयो ।नेकपाका केन्द्रिय सदस्य समेत रहेका बस्नेतले छोरा छोरिलाई निजि बिधालयमा अध्यन गराएर ,बुवा आमाले सामुदायिक बिधालयमा शिक्षण पेशा गर्ने परि पाटिको अन्त्य गर्नु पर्ने बताउनु भयो । सामुदायिक बिधालयलाई जागिरे थलो गराई,निजि बिधालयमा आफन्तलाई पढ्न पठाउने परिपाटी लाई अनत्य नगरे सम्म शैक्षिक क्षेत्रमा सुधार नहुने भन्दै यस तर्फ सबैको ध्यानजानु पर्ने बताउनु भयो ।उहाँले नेकपाको दुइ तिहाई सरकारलाई प्रतिपक्षले धेरै टिप्पणी गरेपनी त्यसको पछि नलाग्न सबैलाई अनुरोध गर्नु भयो ।दुइतिहाई सरकारको पहिलो बर्षको काम भनेको ऎन,कानुन,निर्देशिका निर्माण गर्ने भएकाले सरकार त्यता तिर लागेको बताउनु भयो ।आगामी बर्ष देखी सरकार तिब्रताका साथ जनताको बिकास निर्माण,सुशासन कायम गर्न तर्फ लाग्ने बताउँनु भएको हो ।शहिदहरुको बलिदानी र जनताको त्याग तपस्या बाट निर्मित संघियता भएकाले सिहदरवारको अधिकार प्रत्येक स्थानीय तहमा आएको,उक्त अधिकारलाई जनता सामु छिटो छरितो र प्रभावकारि ढंगले पुर्‍याउन प्रत्येक स्थानीय तहहरुलाई अनुरोध गर्नु भएको थियो ।कार्यक्रमका बिशिस्ट अतिथि कर्णाली प्रदेश क्षेत्र न।१ सल्यानका प्रदेश सासंद,तथा नेकपा कर्णाली प्रदेशका मुख्य सचेतक गुलाव जङ्ग शाहले सुखी नेपाली,समृद्ध नेपाल बनाउने अभियानमा आफुहरु लागी परेको बताउँनु भयो ।बर्षौ पछाडि पारिएका जातजाति,भुगोल परिवेशलाई संघियताको खाकामा राखेर तिब्र रुपमा बिकासको सुरुवात भै रहेको र यसलाई सबल बनाउन आम नेपालिको महत्त्वपूर्ण भुमिका रहने भएकाले त्यसमा साथ दिन सबैलाई अनुरोध गर्नु भयो ।शाहले आफ्नो कार्यकाल भित्र सल्यानलाई बिकासमय गराउने बताउँनु भयो ।कार्यक्रमका अर्का अतिथि बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले देशलाई समृद्ध बनाउनको लागी तिनै तहका सरकारको सहकार्य हुनु पर्ने बताउँनु भयो ।पछिल्लो समयमा संघिय सरकारले प्रदेश सरकारलाई हेर्ने दृस्ठिकोण र प्रदेश सरकारले स्थानीय सरकारलाई हेर्ने दृष्टिकोण फरक भएकाले देशमा संघियताको मर्म अनुसार बिकास हुन नसकेको बताउनु भयो ।कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले प्रथम वडा स्तरीय वडा अध्यक्ष कप खेलकुद प्रतियोगितामा भाग लिएका खेलाडीहरुलाई नगरमा हुने मेयर कप प्रतियोगितामा भाग लिनको लागी सफलताको शुभकामना दिनु भएको थियो ।कार्यक्रममा बागचौर नगरपालिकाकि उपप्रमुख कल्पना पुन,नेकपाका कर्णाली प्रदेश सदस्य कृतिबहादुर पुन ९प्रकाण्ड० बागचौर नगरपालिका शिक्षा शाखा प्रमुख टेकबहादुर डिसि,बागचौर नगरपालिका वडान २ का अध्यक्ष घनश्याम शर्मा,बालकन्या माध्यमिक बिद्यालय कोटबारा टाट्केका अध्यक्ष सोभाराम भण्डारी लगाएतले मन्तव्य राख्नु भएको थियो ।

प्रथम वडा स्तरीय अध्यक्ष कप खेलकुदमा, विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु समाबेश गरिएको छ भने स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम मार्फत, संघिय बजेट २० लाख र जनश्रमदान ३ लाख गरि जम्मा २३ लाख लगानीना निर्मित सरस्वती माध्यामिक बिधालय पेदिखोलाको खेलमैदानको सार्बजनिक लेखा परिक्षण समेत गरिएको थियो ।लेखा परिक्षण कार्यक्रममा बिधालय परिवारले,आफ्नो बिधालयलाई बजेट बिनियोजन गरेर सहयोग गरेकोमा सासंद टेकबहादुर बस्नेतलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
यस्तै बिहिवारनै श्री सरस्वती माध्यमिक बिधालय शिबरथ पेदिखोलाको अभिभावक भेला सम्पन गरिएको छ ।अभिभावक भेलामा बोल्दै बिधालयका प्रधानध्यापक रामरोशनी बस्नेतले आफ्नो बिधालयको मा।बि तहमा सल्यान जिल्लाकै सबै भन्दा बढी बिद्यार्थी रहेको दाबी गर्नु भयो ।उहाँले आफुहरु नयाँ नयाँ प्रबिधिको बिकास गरेर नयाँ तरिका बाट आफ्न बिद्यार्थीहरुलाई बिश्वको जुन सुकै कुनामा बिक्न सक्ने गराउन लागी परेको बताउनु भयो ।बस्नेतले बिधालयको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको संचालन सोहि बिधालयका शिक्षक रबिकिरण वलिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस