सल्यानको कुमाखमा पहिलो पटक गाडी पुग्दा सो क्षेत्रका स्थानीय बासिन्दाहरुमा खुसियाली 

२०चैत्र २०७५

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत राप्ती लोकमार्गको चाख्लीघाट,कुमाख,जिमाली,त्रीबेणी हुँदै रुकुम चौरजाहारी जोड्ने सडकको उद्घाटन गर्द्वै पुर्व सामान्य प्रशासन मन्त्री तथा संघिय सांसद टेकबहादुर बस्नेतले जुनसुकै बिकास निर्माणका कार्यहरू जनता संग जोडिनु पर्ने बताउँनु भएको छ ।कुनै पनि बिकास निर्माणका कार्यहरूले जनतालाई सम्बोधन गर्न नसके त्यसको औचित्य नरहने उहाँले बताउँनु भयो ।कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका सांसद बस्नेतले उक्त मोटर बाटोको औचित्य फरक किसिमको रहेको बताउनु भयो ।सल्यान जिल्लाको धार्मिक तथा पर्यटकीय सम्पदाको रुपमा रहेको कुमाख लेखको भबिष्यलाई सो बाटोले समृद्धि तिर लग्ने बताउनु भयो ।उक्त कुमाख लेख अबलोकन गर्न आउने आन्तरिक तथा वाय पर्यटकहरुको संख्यामा वृद्धि हुने र त्यसले जिल्लाको आर्थिक स्तरलाई माथी लैजाने बताउनु भयो ।उहाँले उक्त बाटोको स्तरबृद्वीका लागी सम्बन्धित गाउँपालिकाले पहल गरे आफ्नो कार्यकाल भित्र टु ल्याण्डलाईन बाटो निर्माण संघिय बजेट बाट गर्ने बताउनु भएको छ ।पछिल्लो समयमा जिल्ला उज्यालो कार्यक्रम अन्तर्गत सल्यान जिल्लामा बिजुली बिस्तार गर्नको लागी अहिले सम्मकै बढी रकम बिनियोजन गरिएको उहाले बताउनु भएको छ ।बस्नेतले अहिले दुइतिहाईको सरकारले निति,निएम र कानुन बनाउन लागी परेको र सबै भन्दा महत्त्वपूर्ण कार्य संघियताको बिरोध गर्दै जनमत संग्रहबाट स्वतन्त्र मधेसको माग गर्ने,राजनीतिक शक्तिलाई राज्यको मुलधारमा ल्याउन सफल भएको बताउनु भयको हो ।

कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला समन्वय समिती सल्यानका प्रमुख केशबहादुर बिष्टले राजनैतिक भागबन्डाका कारण, बिकासको गतिले तिब्रता नपाउने बताउँनु भएको छ ।उहाँले जिल्लाको बिकासका लागी सबै एक भएर लाग्न आवश्यक रहेको बताउनु भयो ।अर्का अतिथी जिल्ला समन्वय समितिका उप प्रमुख हरिबहादुर बुढाथोकीले संघिय संरचनाको अभ्यास भैरहेको र त्यस अभ्यासले जनतालाई सवल र सक्षम बताउँने बताउनु भयो ।उक्त कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले गाडी उद्घाटन गर्नु मात्र ठुलो कुरो नभएर त्यसलाई निरंतरता दिनु महत्त्वपूर्ण कुरा भएको बताउनु भयो ।उहाँले मोटर बाटोको स्तर उन्नति गर्नको लागी नियमित पिटौलिको आवश्यक पर्ने बताउनु भयो ।कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले गाडी ब्यवसायीहरुको अन्यौलता लाई हटाउनको लागी रुढ प्रमिट को बिषयमा आफ्नो आधिकारिक् धारणा सार्वजनिक गर्दिन सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारिलाई अनुरोध गर्नु भयो ।यस्तै कार्यक्रममा बोल्दै कुमाख गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढाले स्थानीय तहको बिकासका लागी दक्ष मानव शक्ति उत्पादन गर्नु पर्ने बताउनु भयो ।उहाँले कुमाखमा पहिलो पटक गाडी पुग्नु भनेको कुमाख लेखको सुनौलो भबिस्य निर्माणको सुचक भएको बताउनु भयो ।कार्यक्रमका अर्का अतिथि शिद्वकुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले,उक्त सडकले आफ्नो गाउँपालिकाको महत्त्वपूर्ण क्षेत्रलाई समेटेको र त्यस बाटोको स्तर वृद्धिमा आफुहरु लागी पर्ने बताउनु भयो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने,कुमाख गाउँपालिकाका उपाध्यक्ष डिल्ली राज शर्मा,शिद्वकुमाख गाउँपालिका उपाध्यक्ष पुस्पा बोहराले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

बिभिन्न सरोकारवाला निकायहरुको सहयोग र स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको रु १ करोड २२ लाख ३५ हजारमा सम्पन्न भएको बाटोमा सल्यान रुकुम यातायात ब्यवसायी समितिको रा १ ख ८१४ नम्बरको बस पहिलो पटक कुमाख् हुँदै हिले सम्म पुगेको थियो ।गाउँमा पहिलो गाडी पुगे लगतै स्थानीय बासिन्दाहरुमा खुसियाली छाएको थियो भने गाडी चालक,सहचालक र गाडिलाई स्थानिय बासिहरुले फुलमालाले स्वागत गरेका थिय ।

प्रतिक्रिया दिनुहोस