पूर्व मन्त्रीले गरे खानेपानी उद्घाटन, छत्रेश्वरी र दार्मामा सार्वजनिक सुनुवाई सम्पन्न

१९ चैत्र, सल्यान

सल्यान जिल्लाको बिकासमा बजेटको अभाव भन्दा, बजेट संचालन बिधिमा, समस्या रहेको पुर्व सामान्य प्रसारण मन्त्री तथा संघिय सांसद टेकबहादुर बस्नेतले बताउनु भएको छ ।

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गतको, शिन्दुरे खानेपानी आयोजनाको उद्घाटन गर्द्वै सोमबार, छत्रेश्वरी गाउँपालिका वडा नं. १ दमाचौर शिन्दुरेमा यस्तो बताउनु भएको हो । खानेपानी उद्घाटन तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उहाँले अहिले सल्यान जिल्लाको बिकासका लागी, स्थानीय सरकार,प्रदेश सरकार हुँदै संघिय सरकारले प्रसस्त बजेट बिनियोजन गरेको तर त्यसको सहि तरिकाले परिचालन हुन नसकेर जिल्लाको बिकासले पूर्णता पाउन नसकेको बताउँनु भयो ।कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका बस्नेतले आर्थिक बर्ष २०७५र०७६ मा सल्यान जिल्लाको लागी स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमबाट आफ्नो पहलमा, जिल्लामा, साना ठुला गरि जम्मा,२० वटा योजनाहरुको लागी करिव ४ करोड रकम बिनियोजन गरिएको र संघिय सरकार बाट् ,जिल्लाका अन्य बिकास योजनाहरुका , आर्थिक बर्ष २०७५र०७६मा सप्पन्न गर्नको लागी करिव २ अर्व ६७ करोड रकम बिनियोजन भैसकेको र केहि हुने क्रममा रहेको बताउनु भयो ।सांसद बस्नेतले जिल्लाको तिब्रगतिमा बिकास नहुनुको मुख्य कारण राजनीतिक असमजदारी,रहेको बताउनु भयो । उहाँले,साच्चिकै जिल्लाको बिकास गर्नेनै हो भने जिल्लाका राजनीति दलहरु मिल्नुको विकल्प नरहेको बताउँनु भयो ।उहाँले आफ्नो कार्यकाल भित्र जिल्लाका प्रत्येक गाउँटोलमा बिधुतिकरण गर्ने,ब्यवस्थित सडक संजाललाई तिब्रता दिने,जनताका आधारभुत आबश्यक्ताहरुलाई पुर्ती गर्ने बताउनु भएको छ । अहिलेको सरकारले समृद्ध नेपाल निर्माणको लागी संघियताको खाकामा जनताका आधारभूत हक अधिकारलाई संरक्षण गर्नको लागी निति,नियम ऎन,कानुन निर्माण गरिरहेको र सरकार बाट बाहिररहेका राजनैतिक दलहरुलाई राज्यको मुलधारमा ल्याउने अभियानमा सरकार तिब्रताका साथ लागी परेको बताउनु भयो । सांसद बिकास कोष बाट आयको २० लाख बजेट र ५ लाख ८० हजार जनश्रमदान गरेर जम्मा २५ लाख ८० हजारमा सम्पन शिन्दुरे खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिस्ट अतिथी छत्रेश्वरी गाउपालिका अध्यक्ष सन्तोष केसिले आफ्नो गाउँपालिकाको बिकास पाँच बर्ष भित्र सम्पन्न गर्ने बताउनु भएको छ ।उहाँले कुनै पनि बिकासको सुरुवात गर्नु छ भने सुरुमा राजनैतिक संस्कार सिक्नु आबस्यक रहेको बताउनु भयो ।बिकास निर्माणका कार्यमा सबै राजनीतिक पाटिको साझा धारणा भए समृद्ध गाउँपालिका हुन, समय त्यती नलाग्ने बताउनु भयो । उहाँले लान्ती, लेखपोखरा,दमाचौर,झ्याम हुदै रोल्पा जोड्ने २ लाइने सडक निर्माणका लागी योजना पार्ने मुख्य काम टेकबहादुर बस्नेतको रहेको बताउनु भएको छ ।कार्यक्रममा छत्रेस्वरी गाउँपालिकाकि उपाध्यक्ष सिता केसि,वडान १ का वडा अध्यक्ष नेवबहादुर शाह,वडा नं। २ का वडा अध्यक्ष प्रेमबहादुर खड्काले मन्तव्य राख्नु भएको थियो ।

छत्रेश्वरी गाउँपालिका वडा नं।१ सिन्दुरे खानेपानी योजनाले उक्त वडाका करिव ८८ घरधुरीका ५ सय उपभोक्तालाई खानेपानीको समस्या बाट मुक्त गरेको स्थानीय शिक्षक होमराज मल्लले जानकारी दिनु भयो ।पहिलो पटक गाउँमा पानी आउदा आफुहरुमा खुसिको सिमानै नरहेको स्थानिय ८४ बर्षीया बृद्वा गणपति चन्दले बताउनु भयो ।

यस्तै सोमबारनै बागचौर,लामाडाडा,पुखात हुँदै फारुलाचौर जोड्ने मोटरबाटोको सार्बजनिक लेखापरीक्षण सम्पन भएको छ । पुर्व सामान्य प्रशासन मन्त्री तथा संघिय सांसद प्रतिनिधि सभा सल्यानका माननीय टेकबहादुर बस्नेतको प्रमुख आतिथ्यता,दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसि,उपाध्यक्ष टिका वलि ९शर्मा०को बिशिस्ट आतिथ्यतामा सप्पन्न लेखा परिक्षण कार्यक्रममा बोल्दै सांसद बस्नेतले उक्त मोटर बाटोले, दृर्घकालिन महत्त्व बोकेको बताउनु भयो ।
संघिय सरकारको ५६ लाख र अन्य गरि करिब ६६ लाख लागतमा सम्पन भयको उक्त सडक,रुकुमका केहि भाग,जाजरकोट हुँदै डोल्पा सम्म जोडन सकिने उहाँले बताउनु भयो ।कार्यक्रममा बोल्दै दार्मा गाउपालिकाका अध्यक्ष निम बहादुर केसि ९अरुण ०ले दार्मा गाउँपालिका योजना बद्व बिकासमा अगाडि बढेको बताउनु भयो ।कार्यक्रममा सयौ उपभोक्ता,सर्बसाधारणको उपस्तिथि रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस