रुकुम जादै गरेको गाडी सल्यानमा दुर्घटना

१८ फाल्गुन, सल्यान
नेपालगञ्जबाट रुकुमका लागि छुटेको फोर्स गाडी सल्यानको कालाखेतमा दुर्घटना हुदा १३ जना घाइते भएका छन ।
गाडी सडक बाट करिब ३० मिटर तल शारदा नदिमा खसेको छ ।नेपालगंजबाट रुकुमतिर जाँदै गरेको भे १ ज १००२ नम्बरको फोर्स गाडी आज मध्याहन्न साढे १२ बजेतिर बागचौर नगरपालिकाको कालाखेत नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परि ५ जना गम्भीर घाईते भएका छन् ।

घाईते ५ जनालाई श्रीनगरतर्फ ल्याइको र अन्यलाई बागचौरमा उपचारको लागी लगिएको प्रहरीले बताएको छ । गाडी सडकदेखि करिब १५ मिटर तल शारदा खोलामा खसेको त्यहाँबाट पत्रकार श्रवन देवकोटाले बताएका छन् ।
घाइतेहरुमा सेतुराम परियार,दिपेन्द्र शर्मा ,मोहित खडका,लक्षमण रावत,झुपे वली ,आन्नद बहादुर दमाई ,आसिस थापा हल्दवार जिप्रका रुकुममा कार्यरत घर बाके,अमृता बस्नेत घर ठिन्बाङ,दोर्ण के, सी पिपलनेटा उहाँको श्रीमती एक छोरी,लाल बहादुर राणा धन बहादुर के,सी रहेका छन भने दुर्खटनाबारे थप विवरण हाउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस