बागचौर नगरपालिकामा बन्ने भयो भ्यु टावर तथा पार्क (3D भिडियो सहित)

१६ फाल्गुन, सल्यान ।

बागचौर नगरपालिका सल्यान वडा नम्बर २ मा अग्लाटाकुरा भ्यु टावर तथा पार्क बन्ने भएको छ ।
बुधबार एक कार्यक्रमका बिच 3D animation भिडियो सहित डिपिआर सार्बजनिक गरिएको छ । आरम्भ आर्किटेक्ट एण्ड ईन्जिनियरिङ प्राली काठमाडौले तयार पारेको डिपिआर अनुसार भ्यु टावर तथा पार्क निर्माण गर्न करिब सवा ६ करोड अनुमानित रकम लाग्ने जनाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल,कार्यपालिका सदस्य,वडा अध्यक्ष , स्थानीय बुद्धिजिबि,पत्रकार लगायतको सहभागीता रहेको उक्त कार्यक्रममा नगर प्रमुख लोकमान बुढाथोकीले निर्माण हुन लागेको भ्यु टावर तथा पार्कले बागचौर नगरपालिका मात्र नभइ सिङ्गो सल्यान जिल्लाको पर्यटन प्रबर्द्धनका लागि महत्त्वपूर्ण भुमिका खेल्नुका साथै अग्लाटाकुरा आफैमा डांगिहरुको उदगम थलो भएकाले पनि यो क्षेत्रको बिशेश महत्त्व रहनेमा जोड दिनु भयो ।।
अहिलेनै सबै काम गर्न नसकिए पनि भ्यु टावरको काम शिघ्र नै थालनी गर्ने र त्यसका लागि मैदान सम्म्याउने काम भै सकेको नगर प्रमुख बुढाथोकीले बताउनु भयो ।
उक्त कार्यक्रममा बागचौर नगरपालिकाकाको मोबाइल एप पनि सार्बजनिक गरिएको थियो ।
#भिडियो

प्रतिक्रिया दिनुहोस