क्यान्सर पिडित ऋषि भण्डारीलाई अमेरिका, बेलायत र कोरियामा बस्ने नेपालीहरुबाट सहयोग (भिडियो सहित)

३ फाल्गुन, सल्यान

विगत केही महिना देखि हातको क्यान्सरले थला परेका सल्यान शारदा नगरपालिका वडा न.ं १३ जोगिचौर निवासी ३८ वर्षीय ऋषिराज भण्डारीलाई देश तथा विदेशमा रहनुभएका सहयोगी नेपालीहहरुको सहयोगमा हातको सल्याक्रिया भरतपुर क्यान्सर अस्पतालमा भएको छ ।

उहाँलाई सहयोग गर्ने क्रममा सल्यानमा जन्मनुभई अमेरिकामा बस्ने इन्दिरा घर्ती मगर, शिवा बुढाथोकी बेलायतमा बस्ने कविता घर्तीमगर, र कोरियामा बस्ने नारायणी घर्ती मगरको पहलमा विभिन्न सहयोगी मनभएका नेपालीहरु बाट संकलन भएको एक मुस्ट दुइ लाख अठार हजार एक सय पचपन्न रुपैया भरतपुर क्यान्सर अस्पतालमै पुगेर  दियो अनलाइनको टिम, लोकविक्रम घर्ती र अस्तित्व अभियान केसी.ले सहयोग हस्तान्तरण गर्नु भएको छ ।
कमजोर पारिवारीक अवस्थामा घरका एक मात्र सहारा नै क्यान्सर बाट पिडित भएपछि नावालक छोरा, श्रीमति र बुढि आमाको अवस्था दयनिय बनेको छ ।
जसोतसो सहयागी हातको भरमा उहाको हातको सल्यक्रिया भए पनि थप उपचार गर्न अझै धेरै रकमको खाचो देखिन्छ । क्यानसर पिडित भण्डारीले ,आफु ठिक भएपछि क्रृतिम हात राखेर भएपनिआफ्नो परिवार पाल्न सक्छु , र त्यसका लागि सबैमा सहयोगको अपिल गर्नु भएको छ ।

https://www.youtube.com/watch?v=SQmUtCesg-8

प्रतिक्रिया दिनुहोस