नबिन पौडेल
१७ मंसिर सल्यान l
नेपाली कांग्रेसको प्रमुख भात्री सस्था नेपाल तरुण दल सल्यानले आज प्रधानमन्त्री केपि शर्मा वलिलाई ज्ञापन पत्र भुझायको छ।निर्मला पन्तको हत्त्या,बाइड बडि विमान खरिद प्रक्रिया,रास्ट्रपतिको लागि १८ करोडको गाडी खरिद गर्ने निर्णय लगायतका विषय समेटेर जिल्ला प्रसासन कार्यालय सल्यान मार्फत तरुन दलले ज्ञापन पत्र बुझायको हो। नेपाल तरुण दल केन्द्रियकार्यालयको कार्यक्रम अनुरुप तरुन दल सल्यानका अध्यक्ष सन्तोष केसिको नेतृत्वमा गयको टोलिले सहायक प्रमुख जिल्ला अधिकारी नारायन लामिछानेलाई ज्ञापन पत्र बुझायको हो। ज्ञापन पत्र बुझाउदै अध्यक्ष केसिले १३ वार्षिय निर्मला पन्तको बलात्कार पछि हत्त्या हुदापनि सरकारले हत्यारालाई कानुनी कार्बाहि गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गर्नुभयको छ।उहाले पन्त हत्यामा सम्लग्नलाई तत्काल कार्बाही गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गर्नुभयको छ। बर्तमान सरकारले दुई तिहाइको दम्भमा आर्थिक भ्रस्टाचार, र बिलासितमा लिप्त भयकोले सरकारको ज्याजती विरुद्ध नेपाल तरुन दल पछि नहट्ने समेत बताउनु भयो। ज्ञापन पत्र बुझाउने कार्यक्रममा तरुनदल सल्यानका पदाधिकारी तथा नेता कार्यकर्ता हरुको बाक्लो उपस्तिथ रहेको थियो।ज्ञापन पत्र बुज्धै सहायक प्रमुख जिल्ला अधिकारी लामिछाने ज्ञापन पत्र जस्ताको तस्तै आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताउनु भयो।