दलित सेवा संघ सल्यान शाखाको अध्यक्षमा पुनः यज्ञ कुमार वि.क.

दियो अनलाइन ।
मंसिर १६, सल्यान ।
दलित सेवा संघ जिल्ला शाखा सल्यानको छैटौं जिल्ला अधिवेशनबाट
अध्यक्षमा यज्ञ कुमार वि.क. निर्वाचित हुनु भएको छ ।
शनिबार होटल एलिशा बरला सल्यानमा भएको अधिवेशनमाबाट निर्वाचित भएका कार्यसमितिमा
उपाध्यक्ष मान बहादुर परियार, सचिब धन बहादुर परियार,सहसचिब प्रकाश परियार, कोषाध्यक्ष पदमा गन्धर्व लगायत सदस्यहरुमा दिल बहादुर परियार, धन बहादुर वि.क. कर्ण बहादुर सुनार, पार्वति वि.क. भिम बहादुर परियार र मिना वि.क. रहेका छन । निर्वाचित भएपछि अध्यक्ष विकले दलित सेवा संघ लाई १० वटै स्थानीय तहमा प्रशाखा विस्तार गरि हजारौं दलितहरुलाई सदस्यता प्रदान गरि, दलित सहकारी, दलित अक्ष्यकोष खडा गरिने र दलितहरुका अधिकार, दलित समुदायको हक हितका लागि निरन्तर लागि पर्ने बताउनुभएकोछ ।

अधिवेशनलाई सफल बनाउनको लागि दलित सेवा संघका केन्द्रिय सदस्य तथा पूर्व सांसद शारदा स्वर्णकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस