समृद्व नगर निर्माणका लागि हातेमालो गर्न नगर प्रमुख शर्माको आग्रह

२८ असोज,रुकुम पश्चिम

चौरजहारि नगरपालिकाका नगर प्रमुख विशाल शर्माले आफ्नो क्षेत्रको विकासको लागि सबैले आआफ्नो तर्फबाट सहयोग गर्नुपर्ने धारण राख्नु भएको छ । चौरजहारी नगरपालीकाको आयोजनामा आइतबार बिजयादशमी तथा सुभ दिपावलिको अबशरमा शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । चुनाबमा आफुले जनता सामु गरेका वाचा आफ्नु कार्यकाल भित्रमा पुरा गर्ने लक्ष्यका साथ काम गरिरहेको बताउनु भयो। साथै विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा सुखी र समृद्धिको शुभकाना मन्तव्य व्यक्त गर्दै समृद्व नगर निर्माणका लागि हातेमालो गर्न आग्रह गर्नुभयो ! कार्यक्रममा चौरजहारी नगरपालिका उप प्रमुख राधा रोका नगरपालिकाका नि• प्रमुख प्रशासकिय अधिकृत तारा बहादुर कुवर, नेकपाका नेता ऋषि प्रसाद शर्मा, नेपाली काग्रेशका पुर्व महासमिति सदस्य तिलक भण्डारि,उद्योग बाणिज्य संघका अध्यक्ष प्रेम सुनार , सितल माद्यामिक बिद्यालयका प्राचार्य गणेश रिजाल ईलाका प्रहरी कार्यालय चौरजहारिका प्रमुख प्रकाश चन्द्र गुप्ता चौरजहारी अस्पतालका प्रशासन प्रमुख डिल बहादुर गिरि वडा अध्यक्षहरु लगाएतले सुभकामना राख्नु भएको थियो कार्यक्रममा स्थानीय नागरिक,जनप्रतिनीधी व्यापारि,वुद्धिजीवी,कर्मचारी,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस