सल्यानमा बन्ने भनिएको विमानस्थल पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक

दियो अनलाइन ।
असोज २१ सल्यान ।
छत्रेश्वरी गाउँपालिका सल्यानको वडा नं. ५ लेखपोखरामा बन्ने भनिएको लेखपोखरा विमानस्थल पूर्व सम्भाव्यता अध्ययन अन्तिम प्रतिवेदन छत्रेश्वरी गाउँपालिका सल्यानले प्रस्तुत गरेको छ ।
आइतबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष सन्तोष केसीको अध्यक्षता तथा उक्त गाउँपालिकाका सबै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागितामा प्रतिवेदन प्रस्तुत गरिएको हो ।
आरम्भ आर्किटेक्ट एण्ड इन्जिनियर्स प्रा.लि. काठमाण्डौले एक महिना लगायर उक्त प्रतिवेदन तयार पारेको हो ।
छत्रेश्वरी ५ लेखपोखरामा बन्ने भनिएको विमानस्थलको रनवे ६५० मिटर लम्वाई र २० चौडाइ मिटरको हुनेछ । रनवेको दुवै छेउबाट उडान तथा अवतरण गर्न सकिने र बढिमा १९ सिट क्षमताका ज्बचदष्ल , त्धष्ल यततभच , म्यचलष्भच, म्ज्ऋ ९ज्ञढ कभबतक० मोडेलका विमान उडाउन सकिनेछ ।
राप्ती लोकमार्गबाट विमानस्थल पुग्न १५ किलोमिटरको यात्रा गर्नुपर्नेछ ।
विमान स्थलमा एक ट्रमिनल भवन,एक एटिसी टावर,इलेक्ट्रिकल सव स्टेशन,एयरलाइन्स अफिस,मेट्रोलोजिकल स्टेशन, वाटर ट्याक, पम्प स्टेशन,फाइर स्टेशन,क्यान्टिन,स्टाफ क्वाटर,पार्किङ लगायतका संरचना बन्नेछन ।
कुल ८१ करोड ४७ लाख १५ हजार एक सय लागत अनुमानमा बन्ने विमानस्थल निर्माण्पछि सल्याका धेरै भुभाग तथा रोल्पाका केही भुभागमा बसोवास गर्ने ३ लाख २१ हजार २९७ जना नागरिकहरु प्रत्यक्ष लाभान्वित हुने देखिन्छ ।
प्रतिवेदन प्रस्तुत कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सन्तोष के.सी. ले यो छत्रेश्वरीको मात्र नभएर सल्यान जिल्लाको आवश्यकता भएको र सबै मिलि
विमानस्थल निर्माण सम्पन्न गर्नुपर्नेमा सबैको सहयोगको अपेक्षा गर्नुभएको छ ।
साथै उहाँले आफ्नो कार्यकालमा जसरी भएपनि एक पटक हवाइजहाज उडान परिक्षण गरेरै छोड्ने दावी गर्नुभएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले यो योजना महोत्वकांक्षी तथा बढि लागतको भएपनि सबै मिलेर बनाउन सके जिल्लालाई कृषि,पर्यटन,ब्यापारका दृष्टिले टेवा पुग्नेमा जोड दिएका थिए ।
प्रतिवेदन तयारी तथा प्रस्तुत आरम्भ आर्किटेक्ट एण्ड इन्जिनियर्स प्रा.लि. काठमाण्डौका इन्जिनियरहरुले गरेका थिए भने कार्यक्रमको संचालन नविन पौडेलले गरेका थिए ।

छत्रेश्वरीमा विमानस्थल बनेपछि एस्तो देखिनेछ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ्

प्रतिक्रिया दिनुहोस