नेपालगंजका लागि छुटेको हाईस दुर्घटना हुँदा ४ जनाको मृत्यु

तुलसीपुर २० असोज

दाङको तुलसीपुरबाट बाँकेको नेपालगंजका लागि छुटेको हाईस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ को अगैया जंगलमा हाईस र ट्रक एक आपसमा ठोक्किदा ४ जनाको घटना स्थलमै मृत्यु भएको हो ।

शनिबार तुलसीपुरबाट नेपालगंजका लागि छुटेको बा ५४ ख १६६२ नम्बर को हाइसले बसलाई उछिन्न खोज्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस