५ माघ २०८१/ सल्यान
आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) सल्यानको अध्यक्षमा चुडामणि पुन निर्वाचित हुनु भएको छ । शनिबार सल्यानको कपुरकोट गाउँपालिकामा सम्पन्न फोनिजको तेस्रो अधिवेशनले पुनलाई दोस्रो कार्यकालका लागि निर्वारोध अध्यक्षमा निर्वाचित गरेको हो ।
पुनको अध्यक्षतामा २ पछि थप्ने गरी ९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा प्रदिप घर्ती, महिला उपाध्यक्ष अभिलाषा सिंह, सचिव ज्ञानेन्द्र पुन मगर, सह सचिव गोपाल पुन र कोषाध्यक्ष कमला घर्ती रहनु भएको छ । सदस्यमा कृष्ण घर्ती रहनु भएको छ ।
अधिवेशनमा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन,, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, सचिव बुद्धिमान पुन, प्रेस सेन्टर नेपाल सल्यान अध्यक्ष सरिता चलाउने लगायतको उपस्थिति रहेको थियो