दार्मामा बन्ने पक्की पुलको सिलान्यास

दियो अनलाइन
सल्यान, १५ पौष

दार्मा ३ मा रहेको दार्माखोला सडक पुलको निर्माण कार्य सुरु भएको छ ।

बागचौर नगरपालिकाको रारेचौर हुँदै दार्मा गाउँपालिकाको फारुला जोडने सडक खण्ड अन्तर्गत दार्मा खोलामा निर्माण गर्न लागीएको पक्की सडक पुलको शिलान्यास मंगलवार गाउँपालिका अध्यक्ष निम बहादुर केसीले गरेका हुन ।

पक्की पुलको शिलान्यास गर्द्वै अध्यक्ष केसीले,उक्त पुल निर्माण कार्यले दार्माको बिकास निर्माणको कार्यमा महत्त्वपूर्ण भुमिका खेल्ने बताएका हुन ।दार्मा गाउँपालिकाको केन्द्र बिन्दु बाट,सल्यानका मुख्य बजारहरु हुँदै,दाङसम्म जोडिएको सडकको महत्त्वलाई बढाउनको लागी,उक्त पुलको मुख्य भुमिका रहने बताए ।

शिलान्यास कार्यक्रममा दार्मा गाउँपालिकाकी उपाध्यक्ष टिका कुमारी शर्मा(वली) दार्मा गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डिल्ली केसी,३ का सेतिराम रोकाय,६ का वडा अध्यक्ष दुर्गा बहादुर मल्ल,दार्मा गाउँलिकाका रोजगार संयोजक किरण गौतम,इलाका प्रहरी कार्यालय दार्माका प्रहरी प्रमुख जनक भण्डारी, गाउँपालिकाकी कार्यपालिका सदस्य मन्जु शाही,दार्मा गाउँपालिकाका सूचना अधिकारी राजकुमार वली,निर्माण ब्यवसायी डिल्ली केसी लगाएतकाको उपस्थिति रहेको थियो । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत, पुर्वाधार विकास कार्यालय सुर्खेतको कुल १ करोढ ८७ लाखको लागतमा निर्माण हुनलागेको २५.६० मिटर लम्बाई रहेको पक्की सडक, पुलको निर्माण कार्य २०७७ सालको असार भित्र गरि सक्ने निर्माण कम्पनीले बताएको छ ।

उक्त पुल निर्माणको कार्य, लक्ष्मण जेभि कन्ट्रक्सन चितवनले पाएको छ ।

प्रतिक्रिया दिनुहोस