किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

७ वैशाख २०८०/सल्यान

दाङमा किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा एकजना लाई प्रहरीले पक्राउ गरेको छ ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरप लिका-१४ बस्ने २१ वर्षीय दिपेन्द्र नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नेपालीले ती किशोरीलाई गत वैशाख ४ गते राति ललाई फकाई सोही उपमहानगरपालिका-१३ फुलबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस