पुर्वाधार र यातायातको क्षेत्रलाई ब्यवस्थित गर्ने मन्त्री ज्वाला

३० चैत २०७९/सल्यान

भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पुर्वाधार र यातायात क्षेत्रलाई ब्यसस्थित गर्ने बताउनु भएको छ ।

बिहिवार सल्यान खलंगामा भएका दुइ छुटाछुटै कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले पुर्वाधारको क्षेत्रलाई दिगो रुपमा निर्माण गर्ने र यातायातको क्षेत्रमा भएका बिसंगतीहरुको अन्त्य गर्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ सल्यान शाखाको आयोजनामा भएको पत्रकार सम्मेलन र जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय र सर्वपक्षीय कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।देशमा विकास निर्माणका थुप्रै योजनाको निर्माण कार्य अलपत्र परेका र , एउटै ठेकेदारले थुप्रै योजना होल्ड गर्ने तर काम नगर्ने परिपाटीको अन्त्य गर्ने बताउनु भएको छ ।
मन्त्री ज्वालाले राप्ती राजमार्ग अनर्गत दाङ–सल्यान–रुकुम सडकको स्तरोन्नतिसँगै विस्तार गर्नु आफ्नो प्राथामिकता भएको बताउनुभएको छ । उहाँले राप्ती राजमार्गको ममर्तको काम भैरहेको भएपनि यो दिर्घकालिन नहुने भएकाले राजमार्गलाई बहुबर्षिय ठेक्का मार्फत अघि बढाइने बताउनुभयो ।

यस्तै सल्यान प्रदेश सभा ख का सांसद शुरेस अधिकारीले जिल्लाको बिकासको लागी आफुहरु निरन्तर लागी पर्ने बताउनु भयो ।उहाँले जिल्लाका बिभिन्न स्थानमा रहेको महत्त्वपूर्ण मोटरबाटोको स्तरउन्नति समेत गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस