आगामी आर्थिक बर्षको बजेट लेखन समिति गठन

२४ चैत्र २०७९/सल्यान

अर्थमन्त्रालयले आगामी बर्षको बजेट लेख्ने टिमको संयोजक भुपाल बराल लाई तोकेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट लेख्नको लागी मन्त्रालयले बजेट मस्यौदा लेखन समिति गठन गरी जिम्मेवारी समेत तोकेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयले सहसचिव भुपाल बराल संयोजकत्वमा, सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेको समिति निर्माण गरेको हो ।बजेट लेखनमा अर्थ मन्त्रालयका दुई सचिव (राजस्वसहित) र अर्थ मन्त्रीले मार्गदर्शन गर्ने गर्छन् । यसअघि राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति गठन भई काम भइरहेको छ ।

आगामी आवको बजेट १५ जेठ २०८० मा संसदमा प्रस्तुत भइसक्नु पर्छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्ने गरी नयाँ बजेट निर्माणको काम थालिएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस