२७ फागुन २०७९/सल्यान
सल्यान कपुरकोट गाउँपालिकाको एक बिधालयले पढाई मेला संचालन गरेको छ ।
गाउँपालिका भित्र रहेको जिवनज्योति नमुना माध्यामिक बिधालयले आयोजना गरेको पढाई मेलामा बालबालिका संग अभिभावक संगै पढ्न थालेको गाउँपालिकाले जनाएको छ ।
बालबालिका संग संगै पढ्दा आफुले बिर्सेका कुरा सम्झनामा आउने र जानेका कुरा सिकाउन सकिने पढाइ मेलाले सिकाएको बिद्यार्थी बिद्यार्थीका अभिभाबकहरुको भनाई रहेको छ ।
पढाइ मेलाका प्रमुख अतिथि कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले अभिभाबकले बालबालिकासंग संगै पढ्दाखेरी बालबालिकाको पढ्ने बानीको बिकास हुने बताउनु भयो । पुनले पढाइ मेला नमुना पढाइ मात्र भएकाले यसलाई महत्वपूर्ण सिकाईको रुपमा ग्रहण गरी अभिभाबकहरुले दैनिक समय तालिका बनाएर आफ्ना बालबालिका संगै पढुनु पर्ने धारणा राख्नु भयो ।
पढाइ मेलाका बिशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बालबालिकासंग संगै पढ्दा आफ्ना बालबालिकाको पढाइका बारेमा अभिभाबकहरुले जानकारी गर्ने बताउनु भयो । भण्डारीले गाउँपालिका भरी बृहत रुपमा बालबालिकासंग अभिभाबकहरुको पढाइ कार्यक्रम अभियान आगामी शैक्षिक सत्रबाट चलाइने बताउनु भयो । अभियानले कपुरकोट गाउँपालिकाको शैक्षिक अबस्थालाई सुधार गर्न ठुलो सहयोग पुग्ने भण्डारीको भनाई छ ।
जीबन ज्योती नमुना माध्यामिक बिधालय रिमका शिक्षक अभिभाबक संघका अध्यक्ष तिला बुढा मगरको अध्यक्षतामा भएको पढाइ मेलाका अवसरमा गाउँपालिका तथा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा बिभिन्न पदक जित्ने खेलाडीलाई सम्मान गरिएको प्राधानाध्यापक भुपाल शाहुले जानकारी दिनु भयो ।