कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट बन्नु भयो प्रमुख जिल्ला अधिकारी घिमिरे

२० फागुन २०७९/ सल्यान

गृह मन्त्रालयले गरेको ७७ वटै प्रमुख जिल्ला अधिकारीहरुको कार्यसम्पादन मूल्यांकनमा रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे उत्कृष्ट बन्नु भएको छ ।

२०७७ पुस २८ देखि २०७९ माघ १५ सम्म रुकुम पश्चिममा प्रजिअका रुपमा रहेका घिमिरे कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट बन्नु भएको हो ।२०७५ साल बाट गृह मन्त्रालय अन्तर्गत सह-सचिवको नेतृत्वमा रहेको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले गरेको प्रमुख जिल्ला अधिकारीहरुको मूल्यांकनमा उहाँ उत्कृष्ट बन्नु भएको हो ।

१३ महिना रुकुम पश्चिममा कार्यरत रही उत्कृष्ट भएका घिमिरे गत १९ गते मात्रै सरुवा भएर रोल्पामा जानु भएको छ ।२०७९ साउन देखि पुससम्म ६ महिनाको मूल्यांकनकाे आधारमामा उत्कृष्टको सूचीमा पर्नु भएको हो ।

यस्तै दोस्रोमा रुकुम पूर्वको प्रजिअ तुलाराज सुनुवार पर्नु भएको छ। प्रजिअ सुनार २०७९ असार ८ देखि कार्यरत हुनुहुन्छ । उत्कृष्ट दशकाे सुचीमा प्यूठान, रुपन्देही, पर्वत, नवलपरासी पूर्व, डडेलधुरा, दाङ, काठमाडौं र गुल्मीका जिल्ला प्रशासन कार्यालय परेका छन् ।

प्रतिक्रिया दिनुहोस