सल्यानमा एक नवजात शिसु मृत अवस्थामा भेटिए

१७ फागुन २०७९/ सल्यान

सल्यानमा एक नवजात शिशु मृत अवस्थामा भेटिएका छन् ।

 

जिल्लाको कालिमाटी गाउँपालिका वडा नं.४ डोढेरा स्थित शारदा नदिमा उक्त नवजात शिशु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मंगलवार साझ करिब साढे ७ बजे तिर कालिमाटी ४ को डोढेरा स्थित शारदा नदिको किनारमा पानीमा तैरिरहेको अवस्थामा सालनाल सहित नवजात शिशु मृत अवस्थामा भेटाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोहि वडाका वडा अध्यक्ष बेलबहादुर चन्दले घटना बारे प्रहरी लाई जानकारी दिए लगतै इलाका प्रहरी कार्यालय कालिमाटी र लुहाम बाट प्रहरी घटना स्थलमा पुगी,घटना स्थलको आवश्यक प्रक्रिया पुर्‍याएर नवजात शिशुको लास लाई पोस्टमार्ट्मका लागी जिल्ला अस्पताल सल्यानमा पठाएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस