सल्यानको शारदा नगरपालिका भित्र कुकुर,बिराला बन्ध्याकरण शिविर सम्पन्न

१६ फागुन २०७९/सल्यान

सल्यानको शारदा नगरपालिका भित्र २ सय ५ कुकुरको बन्ध्याकरण गरिएको छ ।

शारदा नगरपालिका पशु शाखाको आयोजना तथा हार्ट नेपालको प्राबिधिक सहयोगमा भएको उक्त ४ दिने शिविरमा २ सय ५ कुकुरको बन्ध्याकरण गरिएको हो ।

शिविर समापन कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले शिबिर सफल बनाउन सहयोग गरेकोमा हार्ट नेपाल लाई धन्यवाद दिनु भएको छ । सहजीकरणको लागी संस्थाका संस्थापक खगेस्वर भट्टराई लगायत डाक्टरहरुको टिमलाइ धन्यवाद दिदै आगामी दिनमा पनि सहकार्यको लागी आग्रह गर्नु भएको छ । भण्डारीले रेबिजको रोकथाम तथा कुकुरको संख्या वृद्धि हुन नदिन शिबिरले महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

फागुन १३ गते देखि संचालन भएको उक्त शिविर समापन कार्यक्रममा जिल्ला प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस