९ असार २०७८
सल्यानको दार्मा गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
रोकौं महामारी , उठाऔ पुर्बाधार बढाऔं उत्पादन बनौं स्वरोजगार भन्ने मुल नाराका साथ नवौ गाउँ सभा बाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।स्वास्थ्य , पुर्बाधार निर्माण , उत्पादन र रोजगारी लाई प्राथमिकतामा राखी आ.ब. २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको दार्मा गाउँपालिका सल्यानले जनाएको छ । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसिले आफ्नो चार बर्षिय कार्यकालको सम्पुर्ण पक्षलाई समिक्षा गर्द्वै नवौं गाउँसभा बाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।
मंगलवार भएको गाउँसभामा बोल्दै अध्यक्ष केसीले हाल सम्म पाँच दर्जन कानुन निर्माण,पारित तथा स्वीकृत गरि कार्यन्वनमा ल्याएको बताए । उनले चालु आर्थिक वर्षमा ऐन, नियमावली, कार्यविधि र मापदण्ड गरी २० वटा कानुन निर्माण गरेको र हाल सम्मका सम्पुर्ण भौतिक पुर्वाधार,बिकास निर्माणका बारेमा जानकारी दिएका थिय ।आर्थिक बर्ष २०७८/०७९ का लागी कोभिड १९ रोकथाम, नियन्त्रण र प्रतिकार्य तथा उपचारलाई प्राथमिकता दिने,शिक्षक दरबन्दी न्यून भएकोले ८३ जना स्वयंसेवक शिक्षक परिचालनको कार्यलाई निरन्तरता दिने लगाएतका दर्जनौं महत्त्वपूर्ण नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ ।अध्यक्ष केसीले आर्थिक बर्ष २०७८/०७९ का लागि आफुहरुले जनमुखी र समृद्ध गाउँपालिका निर्माण गर्ने खालका कार्यक्रमहरु सार्वजनिक गरेको बताए ।
दार्मा गाउँपालिकाले गरेको हाल सम्मको मुख्य मुख्य समिक्षात्मक पक्षहरु
• पाँच दर्जन कानुन निर्माण, पारित र स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको
• चालु आर्थिक वर्षमा ऐन, नियमावली, कार्यविधि र मापदण्ड गरी २० वटा कानुन निर्माण गरेको ।
• स्वास्थ्य सेवासहित ५४ जनाको स्थायी दरबन्दी रहेको ।
• मेडिकल अधिकृत, रोजगार संयोजक, सूचना प्रविधि अधिकृत, प्राविधिक सहायक, स्टाफ नर्स, एम.आई.एस. अप्रेटर, लघु उद्यम विकास सहजकर्ता, अ.हे.व., अनमी, कृषि, पशुसेवा, सवारी चालक, कार्यालय सहयोगी लगायत ६२ जना करार सेवामार्फत परिचालन गरिएको • हालसम्म १ सय ४९ किलोमिटर सडक स्तरवृद्धि र नयाँ निर्माण गरिएको • नौ / नौ वटा लिफ्ट खानेपानी र सिंचाइ आयोजना • ७० वटा कृषक समूह, १६ वटा व्यवसायिक कृषक फर्म दर्ता भइ परिचालन
• वडा नम्बर ५ को बछेला र जलेखर्कमा १ सय ४० रोपनी जग्गामा आलु पकेट क्षेत्र • दार्मा १ र ६ मा बेसारको क्षेत्र १ सय ३२ रोपनीको लागि १ सय ३२ क्विन्टिल बेसारको बीउ वितरण
• दार्मा गाउँपालिकाबाट २०७७ मा सहकारमार्फत २ लाख १८ हजार ५ सय ५० लिटर दुध निर्यात भएको
• प्रतिलिटर ४७ रूपैयाका दरले यस वर्ष कृषकहरूलाई १ करोड २७ लाख १ हजार ८ सय ५० रुपैयाँ आम्दानी भएको छ ।
• दार्मा गाउँपालिकामा २ हजार ७ सय ३८ वटा भैसी, गाई र गोरूको ५ हजार ५ सय २, बाख्राको २० हजार ५ सय २६, भेडा २ हजार ३ सय ६४, ब्रोइलर कुखुरा ७ हजार ६ सय ७६, लेस कुखुरा १ सय ३३, गिरीराज कुखुरा १०२, हाँस ८०, परेवाको १ सय ८२, कुकुर ८ सय १६, बिराला २ सय ५३ र खरायो ५८ र बङ्गुर १३ वटा रहेको ।
• शिक्षक अभाव पूर्ति गर्न बालविकास -१२ जना, प्राथमिक २३ जना, निम्न माध्यमिक २९ जना, माध्यमिक १५ जना, कम्प्युटर सहायक ५ जना र ल्याव सहायक १ जना गरी जम्मा ८३ जना स्वयंसेवक शिक्षक छनोट गरी सामुदायिक विद्यालयहरूमा परिचालन गरिएको ।
• हाम्रो दार्मा स्थानीय पाठ्यक्रम कार्यान्वयन • उत्कृष्टलाई प्रोत्साहन र कामचोर प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि वर्ष विद्यालय, वर्ष शिक्षक, वर्ष विद्यार्थी छनोट गरी पुरस्कृत गरिएको छ
• अनाथ, असहाय बालबालिकालाई शैक्षिक सामग्री तथा अभिभावकत्व ग्रहण गर्ने अभिभावकलाई सम्मान गरिएको
• स्थानीय लोक कला संस्कृतिको संरक्षण र सम्वर्धन गर्न दर्माली घाउटा पुस्तक प्रकाशन गरिएको
• प्रतिभाहरूको सम्मान स्वरूप राष्ट्रिय कलाकार रामु खड्का लगायतका दर्जन बढी स्थानीय प्रतिभाहरूलाई अभिनन्दन गरिएको
• चालु आर्थिक वर्षम प्रधान्मन्त्री, मुख्यमन्त्री रोजगार कार्यक्रम र रुपान्तरण परियोजनामार्फत १ हजार ५ सय १६ जनालाई १ सय दिनको रोजगारी प्रदान ।
• अन्तरजातीय विवाह गर्ने १४ जोडीलाई सम्मान
• ६४ वटा विपद् प्रभावित परिवारलाई राहत सामग्री प्रदान
• दार्मा गाउँपालिकाभित्र रहेका २४ जना लगायत देश भरिका सहिदहरूको सम्मान र सम्झनामा दार्मा गाउँपालिका स्तरीय सहिद स्मृति रंगशालाको ८२ लाख र ३५ लाखको लागतमा निर्माण कार्य भइरहेको ।
• गाउँपालिकाको डिजिटल प्रोफाइल तयार
• न्यायीक समितिमा हालसम्म २ सय २३ वटा विवादमा उजुरी परी मेलमिलाप गराइएको ।
• MBBS डाक्टर र नर्स सहितको ५ सैयाको कोभिड विशेष अस्थायी अस्पताल र नागरिक आरोग्यता केन्द्र सञ्चालन
• लघु उद्यमअन्तर्गत ८४ जना सम्भावित उद्यमी छनोट गरी प्राविधिक सिप विकास तालिम सञ्चालन गरिएको
• महान सहिदहरूको सम्मान र सम्झनामा दार्मा गाउँपालिकाको केन्द्र फारुलामा सहिद स्मृतिद्वार निर्माण
• श्रममा आधारित खाद्यन्न कार्यक्रम, सहकारीलाई ढुवानी अनुदान दिई सहुलियत दरमा खाद्य सामग्रीको व्यवस्था
• यस वर्ष वैशाख २१ गतेदेखि हालसम्म ३ सय २४ जनाको पिसिआर परीक्षण
• फारुलाचौरमा सञ्चालन भएको कोभिड १९ आइसोलेसनमा २१ वटा अक्सिजन सिलिन्डर, चार वटा अक्सिजन कन्सन्ट्रेटर लगायत औषधी, स्वास्थ्य उपकरण, मेडिकल अधिकृत र नर्स सहितका स्वास्थ्यकर्मी परिचालन गरिएको
• कर्णाली प्रदेश सरकारको विशेष अनुदानमा २० सैयाको कोभिड आइसोलेसन निर्माण कार्य भइरहेको
• जिन्सी व्यवस्थापनका लागि सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) कार्यान्वयनमा ल्याइएको आदि ।
निति तथा कार्यक्रम २०७८/०७९ का केही महत्वपूर्ण बुँदाहरू