असार २०, सल्यान
सल्यानका तिन नगरपालिका र एक गाँउपालिकामा मनोसामाजिक प्राथामिक सहयोग सेवा संचालन गरीएको छ ।
सल्यानमा संचालन भैरहेको सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम अन्र्तगत सल्यानको शारदा नगरपालिका , बागचौर नगरपालिका,बनगाड कुपिण्डे नगरपालिका र छत्रेश्वरी गाँउपालिकाका ४ वटा क्वारेन्टाईन र ३ वटा आईसोलेशनमा उक्त सेवा संचालन गरीएको सुरक्षित आप्रवासन परियोजना सल्यानले जनाएको छ ।
कोरोना जस्तो महामारीको कठिन घडिमा क्वारेनटाईन र आईसोलेसनमा रहेका ब्यक्तिहरुमा बढिरहेको चिन्ता, डर, त्रास र तनावलाई कम गराउने, मनोबललाई बलियो बनाउने, तत्काल भावनात्मक सुरक्षा प्रदान गराउने र जटिल मनोसामाजिक तथा मानसिक समस्या हुनबाट जोगाई, विपदको अबस्थालाई सामना गर्न सहयोग गर्दै सामान्य जीवनमा फर्काेउने उद्धेश्यले संचालन गरीएको कार्यक्रमबाट जिल्लाका ४ वटा स्थानिय तहमा रहेका ९० जना ब्यक्तीहरुलाई उक्त सेवा दिएको कार्यक्रमका जिल्ला संयोजक बिमल गौतमले बताए ।
डेभलभमेन्ट सोसाईटि सल्यान, स्थानिय सरकार र स्वास्थ्य विभागको समन्वय तथा सहकार्यमा भएको उक्त कार्यक्रममा मानसिक स्वास्थ्य तथा परामश केन्द्र (सी.एम. सी) नेपालका मनोपरामर्शकर्ता तथा मनोविद् एभन श्रेष्ठले आफुहरुले स्थलगत रुपमा मनोवैज्ञानिक प्राथमिकसहयोग सेवा प्रदान गरेको बताएका हुन । उनले क्वारेन्टाईनमा रहेका, ३९पुरुष, ५ महिला, ५ बालबालिकाहरु गरि ४९ जानालाई र ३ वटा आईसोलेसनमा रहेका ३४ पुरुष, ४ महिला र ३ बालबालिकहरु समेत ४१ जानागरि जम्मा ९० जाना ब्यक्तीहरुलाई पहिलो चरणमा उक्त सेवा दिएको बताएका छन् ।श्रेष्ठले क्वारेन्टाईनमा बसिरहेका ब्यक्तीहरुमा कोरोना संक्रम देखिन्छ की, अझै लामो अवधि सम्म क्वारेन्टाइनमा बस्नु पर्छकी,अनि रिपोर्ट पोजेटिभ देखिदा र पटक पटक चेक गर्दा पनि रिपोर्ट पोजेटिभ देखिएर लामो समय सम्म आईसोलेसनमा बस्दा उनिहरुमा अन्योलता थपिएको बताए् । यस्तो अवस्थामा उनिहरुमा आत्तिने, डराउने, छटपटि हुने, खानामा रुचि घट्ने, स्वास फेर्न कठिनाइ हुने , शरीर काँप्ने, मुटुको चाल बढ्ने, निन्द्र राम्रोसँग नपर्ने, दुखीहुने, झर्किने, नकरात्म सोचाइहरु आउने अत्याधिक तनाव हुने र मनोबल कमजोर हुने जस्ता बिभिन्न मनोसमाजिक असरहरु बढ्ने बताए ।
क्वारेन्टाईन र आइसोलेशनमा रहेका सहभागिले मनोवैज्ञानिक प्राथमिक सहयोग कार्यक्रममा आफ्नो मन र शरिरमा महसुस भैरहेको कुराहरु, अनुभव र भोगाइहरु सानो समुहमा साटासाट गरेको र पीडा, तनाब तथा आक्रोसहरु जस्ता प्रतिक्रिया हरु लाई ब्यक्त गरेको बताएका छन् । त्यस्तै उनिहरुको शरीरलाई फुर्तिलो राख्न मद्दत गर्ने, तनाव घटाउन र मनोबललाई उच्च राख्न र मनलाई शान्तगर्न मद्दत गराउने शारीरिक अभ्यासहरु र लामो गहिरो श्वास लिने अभ्यास पनि गराईएको थियो । कार्यक्रमाम जनप्रतिनिधिहरु, सुरक्षित आप्रवासन परियोजना (सामी)का मनोसामाजिक परामर्शकर्ता, स्वंयसेवकहरुको समेत सहभागीता रहेको थीयो ।
क्वारेन्टाईन र आईसोलेसनमा रहेका मानिसहरुलाई दिकदारिपना, आत्मा हत्या जस्ता मनोसामाजीक समस्या र त्यसको ब्यबस्थापन सन्देश पु¥याउने खालका लकपर्चाहरु वितरन गरिएको थियो भने, धेरै डर, त्रास, तनाव भएमा र आत्माहत्याको सोचाईहरु आएमा सी. एम्.सी नेपालको पैसा नलाग्ने टोल फ्रिनम्वर १६६००१८५०८० माफोन गरेर मनोपरामर्श सेवा लिन समेत आग्रह गरीएको थियो ।