सबैको भाग्यमा सफल, सुन्दर अनि इमान्दार सम्बन्ध कहाँ लेखिएको हुन्छ र ! हामी सबैजना अक्सर सफल सम्बन्ध बनाउन खोज्दा खोज्दै पनि चुकिरहेका हुन सक्छौं । नचाहँदा नचाहँदै पनि कसैले तपाईलाई निकै नमीठोसँग धोका दिन सक्छन् ।
सम्बन्ध (विशेषगरी प्रेम सम्बन्धमा) तपाईको सहयात्री/पार्टनरले तपाईलाई कतै प्रयोग गरिरहेको या झुलाइरहेको मात्र त छैन ? त्यस्तो बेलामा कसरी समयमै सही कदम चालेर सम्बन्ध या जिन्दगी तुहिनबाट बचाउने त ?
जान्नुहोस् !
कुनै पनि सम्बन्धमा तपाईलाई कसैले धोका दिन खोजिरहेको या तपाईलाई प्रेमको बहानामा केवल प्रयोग गर्न खोजिरहेको छ कि छैन भनेर पत्ता लाउने ८ तरिकाहरूः
पहिलो उपाय
तपाईलाई उसले आफ्ना राम्रा-राम्रा कुरा अनि उपलब्धिहरू सुनाउँदै सधैं तपाईलाई कमजोर जस्तो व्यवहार गरेमा,
दोस्रो उपाय
तपाईले गरेको राम्रो काम कहिल्यै नदेखेर केवल तपाईको खेदो मात्र खनेमा,
तेस्रो उपाय
कुनै पनि निर्णय लिने कुरामा या गर्न पर्ने काममा कहिल्यै तपाईलाई तपाईको इच्छा के हो बुझ्न नचाहनु,
चौथो उपाय
हसाउने या खुसी बनाउने बहानामा सधैं तपाईको बिल्ला या मजाक उडाउनु,
पाँचौ उपाय
लगातार आफ्नो उद्देश्य सुनाएर तपाईलाई पनि उसको उद्देश्यतिर लाग्न बाध्य पार्नु,
छैटौं उपाय
समस्या या मनमुटाब परेको बेला सधैं चुपचाप बस्नु या केही कुरै नगर्नु,
सातौं उपाय
तपाईको जिन्दगीमा सधैं कुनै-न-कुनै विषयमा अनावश्यक कन्ट्रोल गर्न खोज्नु,
आठौं उपाय
ऊ गलत भएको बखत पनि सधैं “हो के हो, सधैं तिमी नै सही हो, म गलत हैन त जहिले पनि !” भन्दै कुरा टार्न खोज्नु ।
के तपाईले पनि यस्तो महसुस गरिरहनु भएको छ ? यदि छ भने समयमै होसियारी अपनाउनुस् र सम्बन्ध सुधार्ने प्रयास गर्नुस् । यसले सम्बन्धलाई पछि झनै जटिल पार्न सक्छ । दुबैजना सँगै बसेर कुरा गर्नुस्, समस्या के हो, कसरी अगाडि बढ्ने भनेर सल्लाह गर्नुस् ।
घरमै बसौं, सुरक्षित रहौं ।
दियो अनलाइन
(ब्राइटसाइड मी साइटबाट भावानुदित)