वाई वि जि.एम, सल्यान
अन्याय, उत्पीडित, दमन, शोषण र अत्याचारको भुमरी बाट जनतालाई मुक्ति दिलाउना देस र जनताको खातिर लड्ने कयौ महान योद्धाहरु र साम्यवाद चुम्ने हाम्रा सपना हरु आज कुन सफर मा गएर टुंगिए ? देश को स्वतन्त्रता अखण्डता ,स्वाधीनता , रास्टृय स्वाधीनता , निमुखाको हक अधिकार , सामन्ती निरङ्कुस केन्द्रीकृत राज्य ले सिर्जना गरेको विभेद अनि उत्पीडन को जालो बाटो मुक्त पार्न बैज्ञानिक र साम्यवाद राज्य स्थापना गर्ने लक्ष्य बोकि हिडेको लाल सेना भौतिक रुपमा ढलेको आज करिब १५ बर्ष पुगेछ ।
मामा तपाईंले सहादत प्राप्त गरेको रोल्पा जिनाबाङ को मनिमारे को पाल्लो डाडा सिद्दार्थ नमुना मा बि पाथिहाल्ने को होस्टेल को एउटा कोठा बाट आज केहि शब्द टाइपिङ गरिरहेको छु । माओवादी जन युद्ध सुरु भए देखि तपाईं जस्ता हजारौं वीर सपूत हरुले रण संग्राम मा जन्ताको निम्ति बगाएको रगतको खोलाले आज अवसरबादी र तपाई हरुलाइ साम्यवाद को सपना देखाउने हरुले आफ्नो खेत सिचाइ गरिरहेको देख्दा लाग्छ तपाई हरुको बलिदान को अबमूल्यन भएको छ । जब जन युद्ध थालनि भयो त्यो बेलाको आदर्श , हाम्रा सपना , र लक्ष्य कयौ गुना महान थिय । वर्गीय , जातिय, क्षेत्रीय ,भाषिक,धार्मिक , आर्थिक समानता , समृद्धि र सामाजिक न्याय,समानुपातिक , सहभागीतामुलक र समतामूलक समाजको परिकल्पना गर्दै सुरु भएको जन युद्ध र साम्यवाद चुम्ने लक्ष्य आज कसरी अलपत्र पर्यो?
२०६२ मङ्सिर १४ गते जुन पनि रोएको रात, आशाको तारा अस्ताएको रात , आखाको नानी बाट बलिन्द्र आँसु धारा बगेको रात कालो दिन, माओवादी आन्दोलन मा एउटा कुसल सैन्य कमान्डर गुमाएको दिन । नेपाली राजनीति मा जन युद्ध चरम उत्कोर्श मा पुग्दै गर्दा । माओवादी को आधार इलाका बिस्तार र सैन्य आक्रमण बडदै गर्दा जन मुक्ती सेना को ५ औ डिभिजन घोषणा कार्यक्रम मा रोल्पाको मनिमारे मा तत्कालीन शाही सेना को हवाई हमलामा डिभिजन कमान्डर क सुनिल ( किम बहादुर थापा) र तपाईं सहायक कमान्डर क निर्मम ( झक्कु प्रसाद पुन )ले सहादत प्राप्त गर्नु भयो । उ बेला म १३ बर्स को थिय र ८ कक्षा मा अध्यनरत थिए । त्यो उमेर मा नै म माओवादी आन्दोलन प्रती नजिक भएको आभाष हुन्थ्यो किनकी कालागाउ माओबादी को पकड एरिया थियो जहाँ जन मुक्ती सेना को सैन्य तालिम महिनौ चलिरहन्थे । त्यो रातो झन्डा , निधारमा रातो पट्टी , काध मा बन्दुक ,कम्ब्याट ड्रेस , अनि राता मान्छे देख्दा मलाइ पनि त्यही लाइन मा उभिना मन लाग्थ्यो र कहिले काहीँ लाग्थे र नजिक बाट नियाल्थे । त्यो बेला बाट नियालेको माओवादी आन्दोलन र गतिविधि अहिले सम्म नियाली रहेको छु ।
देसलाइ अग्रगमन र परिवर्तन को बाटो मा र्डोयाउन माओबादी आन्दोलन र तपाईं हरु जस्ता महान क्रान्तिकारी को योगदान आज कता हराउदैछ ? जन युद!को क्रम मा हजारौ सपूत हरु ले बलिदान गरे कयौ को काख उजाडियो , सिउदो पुछियो , इज्जत लुटियो, बेपत्ता बनाइयो, घरबार लुटियो, निर्दोष को हत्या भयो यी सबै क्रु घटाना हरु केवल मन्त्री र सम्सदिय ब्यबस्था सग साटिएको थियो ? के हाम्रा सपना हरु फगत यत्ती थिय ? तपाईं हरु जस्ता हजारौं सिधा इमान्दार कार्यकर्ता सेना लाई साम्यवाद को सपना बाडियो त्यसैले त तपाई हरु मर्न डराउनु भएन । तर तपाईं को बलिदान लाई सत्ता प्राप्त गर्ने हतियार को रुप मा प्रयोग गरेको देख्दा विरक्त लाग्छ ।
२०६२ मङ्सिर मा भएको १२ बुदे समझदारी र २०६३ मा भएको बिस्तृत शान्ति सम्झौता पछि देस मा एउटा नया राजनीतिक मोड लियो । जन्ता को आस्था र बिश्वास माओवादि मा भएता पनि जन युद्ध कालिन मुद्दा , सपना , आदर्श हरु बिस्तारै पतन हुदै गए । हिजो संसदिय ब्यबस्था को घोर बिरोध गर्ने नेत्तृत्व बिस्तारै त्यहि बाटो मा अल्मलिना पुग्यो । जब जन मुक्ती सेना विघटन भयो तब एउटा स्वर्णिम इतिहास को अन्त्य भयो । त्यति मात्र होइना क्यान्टोनमेन्टमा रातारात नेपाली सेना ले अखडा जमाए । समायोजन को नाम मा कयौ लाल सेना लाई रुवाउदै घर पठाइयो । बिसर्जन वाद पनि यति चरमचुली मा पुग्यो कि हिजो रणभुमी मा लडेका हरु खाडिको जहाज चड्न बाध्य बनाइयो ।
जन सत्ता , जनसेना, आधार इलाका , विघटन भए । सहिद का सपनाहरु लाई सत्ता प्राप्त गर्ने हतियार को रुपमा मात्रा प्रयोग गरियो ।इमान्दार कार्यकर्ता लाई बिस्तारै बिस्थापन र झुट चाप्लुसी दलाल प्रवृत्ति बिकेका मान्छे हरु स्थापित गराउदै लगियो । आदर्श बिचार सिधाान्त हरु क्रमश पलाएनको बाटो मा पुग्यो । नेत्तृत्व केवल संसदिय ब्यब्स्था हुँदै ऐस आराम को जीवन र आलिसान महल हरुमा सिमित हुन पुग्यो । तर हिजो जो परिवर्तनको लागि लडे , जीवन अर्पण गरे तिनी हरुको जीवन बिस्तारै अँध्यारो तिर धकेलिना लाग्यो किन कि हरेक ठाउँमा आफन्त वाद नाता वाद ले प्रसय पायो । कयौ लाल सेना घाइते हरु उपचार को अभाब मा छटपटि रहेका छन , बम का छररा शरीरमा बोकि हिडिरहेका घाइते लाई देख्दा लाग्छ के उनी हरु यहि पीडा बोकेर हिड्ना हिजो लडेका थिय? बेपत्ता बनाइका हरु अझै कुन भुमरीमा छ्न ? बुढा आमा र बा अझै पनि छोराछोरी आउने आशा मा झुपडिको मझेरी बाट गोधुली मा टोलाउछ्न ? बर्शौ देस र जनता को लड्ने लाल सेना आज भबिस्य खोज्न खाडी को ४८ डिग्री गर्मी मा भौतारि रहेको छ ।
पार्टी मा विभिन्न बिभाजन र चिरा पर्दै गए पछि कम्युनिस्ट आन्दोलन धरमराउदै गयो माओवादी को आदर्श बिचार पुर्न रुपमा पतन भइ एमाले मा बिसर्जन भयो । यदि पहिले नै यहि बाटो अबलम्बन गर्नु थियो भने हजारौ को बलिदान के को लागि ? हिजो जन शत्ताले गरेका हरेक काऋृ आज अबैधानिक साबित भए । जन युद्द कालिन मुद्दा हरु ब्युताउदै कयौ कार्यकर्ता जेल को चिसो कोठघरि मा छन । खै आज जन सत्ता र जन अदालत हरु?
हिजो माओवादी ले उठाएका आफ्नै मुदा मा पनि आज कर्यन्वयन हुन नस्कनु आफैमा बिड्म्बना पुर्ण हो । माओवादी ले उठाएको संविधान सभाको माग पूरा भए पनि जन मुखी संविधान भएकै छैन । जन्ता का कयौ अधिकार , घाइते बेपत्ता उत्पीडन मा परेका हरुको अधिकार अझै सुनिस्चित भएको देखिदैन ।
मामा तपाईं हिडेको बाटो पक्कै गलत थिएन तर हिडाउने हरु गलत नियत का थिए न त्यो आज साबित हुदै छ म परिवर्तन को बाटो ठिक उल्टो चल्दै छ । देस मा पहिले एउटा राजा थियो आज ७५३ वटा राजा हरु राज गद्दी मा छन । आज नाताबाद को प्रसय ले यति प्रभाब जमायो कि कुरै नगरौ । जन प्रतिनिधि कहलाइएका हरु ले कसरी राज्य कोस को दुरुपयोग कसरी आफ्नो लाई जागिर दिने ठेका पट्टा दिन जस्ता भ्रष्टाचार जन्य मान्सिक्ता बाहेक अरु कुनै बिकास मा सिर्जनसिलता छैन । बिकास बजेट मा ब्रमलुट छ । ब्याप्त बेरोजगार भ्रष्टाचार ले सिमा कटाइ सक्यो के तपाईं हरुले गरेको युद्ध को मर्म यहि थियो?
देस का सिमा हरु मिचदा सत्ताको लोभ ले एक शब्द बोल्न सकेनन नेता हरु दलाली को पकरी गुथे पछि तै चुप मै चुप । क्या छ रास्ट्रबात ? रास्ट हित को सवाल मा आवाज उठाउदा पुलिस को फन्दा मा पर्नु पर्ने क्या गजब को लोकतन्त्र छ । भारत ले सिमा मिच्दा सम्म बोल्ना नपाइने लोकतान्त्रिक देस मा छौ । आफ्नो नेता र पार्टी ले गलत गरे मा गलत गर्यो पनि भन्न नपाउने गलत लाई पनि ठिक भन्ने भर्ने वाह हाम्रो राजनीति सस्कार ?
तपाईं हरुले रगत रगत बगाएर ल्याएको गणतन्त्र मा नेता हरुको जीवन शैली यति सम्म परिवर्तन भयो कि हेर्दा टोपी खस्ने महल बने , आखाले हेर्दा हेर्न नसकिने बिघा का बिघा जग्गा जमिन भए । तर सहिद परिवारको घर मा आगो बल्न मुस्किल भयो , छोराछोरी ले पड्न पाएनन मझेरी मा खाना पाकेनन , छाना हरु फेरिएन्न चुहिरहे बर्शौ बर्श । घाइते पीडा मा छट्पटी रहे मलम पाएनन , सिधा इमान्दार कार्यकर्ता भबिस्य खोज्दै खाडी पुगे वाह हाम्रो साम्यवाद ?